न्यूयोर्क – एनआरएन अमेरिकाको पदाधिकारीहरु, सल्लाहकारहरु र आइसिसिका प्रतिनिधिहरु सम्मिलित विभिन्न २१ च्याप्टरहरुको अध्यक्ष तथा प्रतिनिधिहरुको प्रत्यक्ष भेला यही जनवरीको १२ तारिख ज्याक्सनहाइटमा हुने भएको छ । भेलामा उपस्थित च्याप्टरका प्रतिनिधिहरुले विहान आफनो कार्यकालको प्रगति विवरण प्रस्तुत गर्नुका साथै संस्थागत धारणाहरु राख्ने भएको छ ।![](https://www.khasokhas.com/wp-content/uploads/2018/12/11205975_10204120457440255_7325360352273333342_n.jpg)
एनआरएन न्युयोर्क च्याप्टरको संयोजकत्वमा हुने लागेको उक्त भेलामा विहानी पख च्याप्टरको कार्यक्रम हुने र दिउसो च्याप्टरहरु, एनआरएन बोर्डका पदाधिकारीहरु, सल्लाहकार र आइसिसिका पदाधिकारीहरु वीच एनआरएन अमेरिकाको प्रत्यक्ष बैठक हुने न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरी अधिकारीले जानकारी दिएका छन ।
![](http://www.everesttimesnews.com/wp-content/uploads/2019/01/gala-470x235.jpg)
उनका अनुसार दिउसोको बैठकपछि साझ ७ बजेदेखि १२ बजेसम्म मेम्बरसिप ड्राइभ गाला डिनर आयोजना हुनेछ । उक्त कार्यक्रमको लागी पदाधिकारीहरुलाई विहान र बेलुकी समेत गरि १ सय डलर प्रबेश शुल्क र अन्य सहाभागीहरुलाई ५० डलर प्रवेश शुल्क राखिएको अधिकारीले जनाएका छन । एनआरएन अमेरिकाको निर्वाचन नजिक आइरहेको यो अवस्थामा हुन लागेको यो कार्यक्रम आफैमा महत्वपुर्ण हुने भएको छ ।