लस एन्जलस – उत्सव, संगित र कानुनी अन्तर्कृयाको त्रिवेणी स्वरुप खुल्लामन्च मिडिया तथा ईन्टर्टेन्मेन्ट एलएलसीद्दारा संचालित लस एन्जलसबाट प्रकाशित हुने अनलाईन पत्रिका खुल्लामन्च डट कमको आठौं वार्षिकोत्सव प्रसिद्ध मायावी शहर लस एन्जलसमा सम्पन्न भएको छ ।
आर्टेसिया नगरको स्थानिय तारा हिमालयन कुजिनको भरिभराउ हलमा सम्पन्न कार्यक्रममा उपस्थित हुन न्यूयोर्क, भर्जिनिया, टेक्सास र सान्-फ्रान्सिस्कोलगायत बिभिन्न स्थानबाट पाहुनाहरु सरिक भएका थिए ।![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.15752-9/49205923_802766560061057_4997313617058594816_n.jpg?_nc_cat=104&_nc_ht=scontent-sjc3-1.xx&oh=762b79a4c3c2c33c3625ae840c42fbf8&oe=5C8FDB62)
महावाणिज्यदुत ॠषि ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न खुल्लामन्च मिडिया तथा ईन्टरटेन्मेन्ट, एलएलसीको आठौं वार्षिकोत्सव तथा नव बर्ष २०१९ को शुभकामना कार्यक्रममा सहभागी हुन भर्जिनियाबाट अन्तर्राष्ट्रिय कलाकार मञ्चका अध्यक्ष एवम् लोक तथा चर्चित दोहोरी गायक तथा पत्रकार रामप्रसाद खनाल, न्यूयोर्कबाट चर्चित कानुन ब्यवसायी बासु फुलारा, नेजाका महासचिव तथा प्रसिद्ध पत्रकार किरण मरहट्ठा,![](https://4.bp.blogspot.com/-8VKDZD3KwRE/XCvy9EO_qeI/AAAAAAAA0eo/WJEIz4-f5-0NlhUak0UbEaa3qHOY_GW7QCLcBGAs/s640/IMG_7676.JPG)
टेक्सासबाट चर्चित पत्रकार तथा ‘यू स्टार्ट एगैन” कार्यक्रमका संचालक सुर्य थापा, सान्-फ्रान्सिस्कोबाट एनआरएन अमेरिका सल्लाहकार उत्तम कार्की, पत्रकार तथा अनेसास नर्दर्न क्यालिफोर्नियाका सभापती सर्वज्ञ वाग्ले, नेजाकापुर्व महासचिव तोया दाहाल, नेजाका पुर्व क्षेत्रीय संयोजक ध्रुव कुंवर तथा खुल्लामन्चका सम्पादक सागर श्रेष्ठ लस एन्जलस आएका थिए ।![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.15752-9/50000856_974421182747358_7626905883745714176_n.jpg?_nc_cat=109&_nc_ht=scontent-sjc3-1.xx&oh=51d3b8bfc35c6be4263acd0acb661879&oe=5CD9CEC2)
पर्यटनदुत रामेश्वर भन्डारी, एनआरएन अमेरिका निर्वाचन आयुक्त तथा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधी हेमराज भट्ट, एनआरएन आईसिसी सदस्य बलराम थापा, अनेसास केन्द्रिय उपाध्यक्ष शान्तिराम ढकाल, एनआरएन अमेरिकाका सल्लाहकार कृष्ण कोईराला, नेजाका सभापती सुदिप पन्त, एनआरएन अमेरिका महिला संयोजक ईन्दिरा त्रिपाठी, नेजा सदस्य अग्नी चौंलागाईं, एनआरएन क्यालिफोर्निया च्याप्टर अध्यक्ष रामबाबु पाण्डे तथा सचिव खुल्लामन्चका सम्पादक रोशन अधिकारी यसपाली खुल्लामन्चको आठौं वार्षिकोत्सव तथा नव बर्षको शुभकामना कार्यक्रममा उपस्थित भएका थिए ।![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.15752-9/49454371_399421227461377_2935596248301830144_n.jpg?_nc_cat=110&_nc_ht=scontent-sjc3-1.xx&oh=342968e19e2ab0ca94c5ca20fe657607&oe=5CD92797)
स्थानिय कलाकार तथा कोकिल स्वरकी धनी उमा सिटौला कार्कीद्दारा गाईएको ‘जहां छन बुद्धका आंखा’ भन्ने राष्ट्रिय गीतबाट शुरु भएको आठौं वार्षिकोत्सव कार्यक्रममा पत्रकार सुदर्शन वलीले उपस्थित पाहुनाहरुलाई स्वागत मन्तब्य दिएका थिए । ![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.15752-9/49431613_777293372635194_8054339083423449088_n.jpg?_nc_cat=101&_nc_ht=scontent-sjc3-1.xx&oh=c596ce641143261d06b2df5f54286f05&oe=5C92F735)
अंग्रेजी नयाँ बर्ष २०१९ तथा खुल्लामन्चको आठौं वार्षिकोत्सव कार्यक्रमको शुभकामना, अधिवक्ता बाशु फुलारासंगको कानुनी परामर्श र गायक रामप्रसाद खनालसंगको एकल सांगितिक सांझ गरी तीन चरणमा बांडिएको कार्यक्रमको पहिलो चरणमा महावाणिज्यदुत ॠषि ढकाल, पर्यटनदुत रामेश्वर भन्डारी, नेपाली कांग्रेस महाधिबेशन प्रतिनिधी हेमराज भट्ट, एनआरएन अमेरिका महिला संयोजक ईन्दिरा त्रिपाठी, ![](https://2.bp.blogspot.com/-FofCdshTrUA/XCvy-ZEYVxI/AAAAAAAA0e8/ldSwSDjikkEtbrs8Y4igtFyKTxL5DKRaQCLcBGAs/s640/IMG_7679.JPG)
नेपाल अमेरिका पत्रकार संघका सभापती सुदिप पन्त, नेजाका महासचिव किरण मरहट्ठा, एनआरएन क्यालिफोर्निया च्याप्टरका अध्यक्ष रामबाबु पाण्डे, श्रीपशुपतिनाथ फाउन्डेशनका अध्यक्ष गोकुल पौड्यालले शुभकामना मन्तब्य दिएका थिए ।![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.15752-9/49385094_1634587983514590_6143534255424143360_n.jpg?_nc_cat=102&_nc_ht=scontent-sjc3-1.xx&oh=7647e41cb3ba7050136c91f4ec5fd48a&oe=5CD13E67)
लस एन्जलसका अग्रज, अभिभावक तथा समाजसेवी श्रद्धेय वेदभक्त जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रमको दोस्रो भागमा डोटीमा जन्मिएर सपना बोक्दै अमेरिका आएका चर्चित बाशु फुलाराले उपस्थित सहभागीहरुद्दारा अध्यागमन कानुनका बारेमा सोधिएका प्रश्नहरुको उत्तर दिएका थिए । ‘अध्यागमन कानुनी परामर्श’ को दोस्रो चरणको कार्यक्रममा अधिवक्ता फुलाराले बिसौं प्रश्नहरुको जवाफ दिएका थिए ।![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.15752-9/49195109_2003758499713982_4782944304597303296_n.jpg?_nc_cat=104&_nc_ht=scontent-sjc3-1.xx&oh=524d3368d65c4451cdb402423c372c64&oe=5CD9A19D)
‘यू स्टार्ट एगैन’ का संचालत तथा चर्चित टेलिभिजनकर्मी सुर्य थापाद्दारा संचालित खुल्लामन्चको आठौं वार्षिकोत्सव कार्यक्रमको तेस्रो चरणमा अन्तरराष्ट्रिय कलाकार मन्चका अध्यक्ष तथा चर्चित लोक गायक रामप्रसाद खनालले आफ्नो एकल सांगितिक प्रस्तुती दिएका थिए । नेपाली लोक संगीतका गजबका कलाकार खनालको लस एन्जलसको पहिलो कार्यक्रममा दर्शकलाई नचाउन सफल भएका थिए ।![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.15752-9/49864917_276019786404454_2504583081713729536_n.jpg?_nc_cat=107&_nc_ht=scontent-sjc3-1.xx&oh=60264db77d1191b14135c4ea80644794&oe=5CC1C225)
कार्यक्रममा महावाणिज्यदुत ॠषि ढकालको हातबाट लस एन्जलसको छाता संस्था श्रीपशुपतीनाथ फाउन्डेशन र अर्को सांस्कृतिक अगुवा संस्था नेवा अर्गनाईजेशन अफ साउदर्न क्यालिफोर्निया, समाजसेवी बेदभक्त जोशी, वरिश्ठ ईन्जिनियर कन्हैया कायस्थ, आर्टेसिया नगरका काउन्सिलर तथा श्रीपशुपतिनाथ फाउन्डेशनका निवर्तमान अध्यक्ष भक्त थापा, एनआरएन अभियान्ता तथा समाजसेवी राजेन्द्र सिवाकोटी, सान्-फ्रान्सिस्को ब्यवसायी यज्ञलाल श्रेष्ठ, आईटी प्राविधिक ईकुमार श्रेष्ठलाई खुल्लामन्च मिडिया तथा ईन्टरटेनमेन्ट, एलएलसीको तर्फबाट सम्मान-पत्र प्रदान गरिएको थियो ।![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.15752-9/49029618_558011028032861_5429561127182794752_n.jpg?_nc_cat=100&_nc_ht=scontent-sjc3-1.xx&oh=bc97de5e10a19070c9a187ce12d80036&oe=5CD6D187)
लस एन्जलसबाट प्रवासका बिभिन्न संस्थाहरुमा प्रतिनिधित्व गर्नुहुने प्रतिनिधीहरु र यस क्षेत्रमा सकृय सामुदायिक संस्थाका प्रमुखहरु, प्रतिनिधीहरु, पत्रकारहरु, सामुदायिक सदस्यहरुको उपस्थिती रहेको कार्यक्रमको अन्तमा खुल्लामन्चका प्रधान सम्पादक गोकुल ढकालले कार्यक्रमका हरेक पक्षमा सहयोग गर्नुहुने महानुभावहरुप्रति आभार ब्यक्त गरेका थिए ।![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.15752-9/49314265_338475113546131_3111210370044264448_n.jpg?_nc_cat=104&_nc_ht=scontent-sjc3-1.xx&oh=3a32c732e4df9b7a7437781e573a5df9&oe=5C906FA6)
कार्यक्रमका सम्पूर्ण फोटोहरु हेर्नका लगी यो लिन्कमा क्लिक गर्नुहोस् :
https://m.facebook.com/CreationfromHollywood/
तस्विरहरु : एसराज प्रोडक्शन/शंकरराज वाग्ले