-मणी भट्टराई
नेताहरूबाट पनि केही सिक्नु पर्थ्यो रवि लामिछानेले । तर ऊनले सिकाउन मात्र खोजिरहे ।
इग्नोर गरेर अघि बढेका भए दुई चार जनाले पत्रीकामा निकाल्थे, कुरो हराऊँथ्यो । स्पस्टिकरण जरूरी थिएन ।
जनयुद्द बिर्से मान्छेले, सुनकान्ड बिर्से, निर्मला पन्तलाई विर्सनेछन्, वाइड बडी बिर्सनेछन्, विर्सिसके विएम्सीका सन्चालक प्रसाईले वंगला देशमा पढ्न गएका चेलीहरूले शरीर बेच्छन् भनेको कुरा, (सेर बहादुर तामांग हुन खोजे रवि लामिछाने),
कस्ता कस्ता सार्वजनिक अपराधका कान्ड त कालान्तरमा केही हुँदैनन् । मेरो पारिवारिक मामिला हो भनेको भए भै हाल्थ्यो नि ! दुनियाँको भलाई गरेकै थियो, फेरी त्यहीं दुनियाँकै निम्ति आगोमा हाम फालेर अग्नि परिक्षा दिन जरूरी थिएन । आँखिर दुनियाँ मतलबी नै हुन्छ । जे गरे/भने पनि चैन दिंदैन । आँखिर कुनै न कुनै धोबीले कुरा काट्छ नै । काउकुत्ति लगाऊँदा उफ्रनेलाई नै काउकुत्ति लगाउँछन् मान्छे । र जस्ले यो योजना बनाएको हो उसलाई रवि जति अघि बढ्छन् ऊति मज्जा आऊँछ । यो एउटा टिप्पणी हो मेरो ।
अर्को :
ह्या बाल । जे हुनु भइ त गयो । के विराए त रविले स्पस्टिकरण दिएर ? को चाहिं दुधले नुहाएको छ ? कस्को घरमा समस्या छैन ? पारिवारिक विषयलाई लिएर कस्को मनमा खट्पट् छैन ? अहिले त झन् नेपालमा बैदेशिक रोजगारले त्यो समस्या सगरमाथा नै भइदिएको छ । भगवान कृष्णका पनि कमजोरी थिए गृहस्थिमा । झारपातहरू हुन् एउटा कुरालाई दश ठाऊँ जोडेर बुझ्ने । नत्र हरेक घटनालाई निरपेक्ष बुझ्न सकिन्छ । के मतलब रविको व्यक्तिगत जीवनको ? अदालतबाटै छुटाराम भएका रवि र रविकी पत्नी बिचका समस्या बल्झे अदालत फेरी खुल्ला नै छ । रविकी पूर्व पत्नी कम्तिमा अदालत के हो बुझ्छिन् । अदालत केका लागि हो बुझ्छिन् अन्याएमा परे ऊनी अदालतमा मुद्दा दायर गर्न सक्छिन् ।
तर यहाँ रविले त आवाज विहीनलाई आवाज दिइरहेका छन् । न्याय र समानता विर्सिसकेकालाई त्यो सम्झाइदिएका छन् । एउटा अँध्यारो दुनियाँबाट मान्छेलाई ब्युंताइरहेका छन् । बँचाइरहेका छन् । अनेक विकृतिका विरूद्ध निरन्तर कराईरहेका छन् । अझ सकारात्मक पक्ष त ऊनी समस्या देखाऊँदैनन् मात्र, समाधानको निम्ति एकदमै उत्कृष्ट सुझाब पनि दिन्छन् । कुन जनयुद्द भन्दा कम छ रविको कदम ? मलाई त लाग्छ रवि लामिछाने पत्रकारिता मात्र गरिरहेका छैनन्, एउटा महान युद्द लडिकहेका छन् । मैले पनि यसमा कुनै न कुनै रूपमा सहभागी हुनुपर्छ । तपाईले पनि ।
रविको पत्रकारिता गराई नै यस्तो छ कि – सरकार नै ऊसको विपक्षी हो जस्तो प्रतीत हुन्छ । अपराधीहरूको जगजगी रहेको समाजमा उनका जरा काट्न जरूर अनेक खालका किटाणुहरू सक्रिय भएकै होलान् । सरकारको समानान्तरमा अर्को सरकार जस्ता भएका छन् रवी । सरकारले नै षड्यन्त्र गर्छ होला उनलाई गिराउन जस्तो लाग्ने गरी काम गरेका छन् ऊनले । जनताहरू पुलिस चौकी पार गर्दै रवि लामिछानेको न्युज 24 को कार्यलयमा आएर न्यायको भीख माग्छन् । के यो नांगो यथार्थ होइन ? यसैले त रवि धेरैको नजरमा सुपर म्यान बन्न पुगेका छन् ।
रविको पारिवारिक मामिला कसैलाई समस्या बन्छ भने इग्नोर गरोस् रविलाई । के फरक पर्छ ? रवि त ढुंगामा पनि च्याऊ उमारेर खाने प्रतिभा र क्षमता भएको व्यक्ति हो । फरक त तिनैलाई पर्छ जो फोकटमा चाहिंदा नचाहिंदा कुरामा इमोसनको सिकार भएर जस्ता सुकै कुराको पछि दगुर्छन् । तर तिनीहरूले याद राखुन् कि रवि लामिछाने एउटा लामो प्रतिक्षापछि नेपाल आमाले पाएको होनहार सपुत हुन् । रविलाई गरिने घृणा र खिसीट्युरीले ऊनिहरूलाई त पिरोल्छ नै कालान्तरमा तिनीहरूकै सन्तान दर सन्तानलाई समेत पिरोल्ने छ ।
रवि आफ्नो पछिल्लो आदर्श अनुरूप नै आम दर्शक स्रोताका सामु एउटा खुल्ला पुस्तक हुन खोजेका छन् । खुल्ला पुस्तकको गलत परिभाषा गर्न तिर नलागौं । बरू यसलाई रविले आफ्नो कथालाई सार्वजनिक गरेर आफ्ना पृय पृय दर्शक एवम् स्रोताप्रति देखाएको सम्मान र ईज्यतको रूपमा बुझौं ।
सबको जय होस् !