२०८१ वैशाख १५ गते | 27th of April 2024

अधिकारकर्मी राधा पौडेलसंग लस एन्जलसमा अन्तर्कृया सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७५ पुष २२ गते १७:५९

लस एन्जलस – मदन पुरस्कार विजेता अधिकारकर्मी राधा पौडेलसंग लस एन्जलसमा अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । ‘राधा फाउन्डेशन’ मार्फत जुम्ला, हुम्ला जस्ता राज्यका बिकट जिल्लाहरुमा महिला हक, अधिकार र चेतनाका कार्यक्रमहरु संचालन गर्दै आईरहेकी अधिकारकर्मी पौडेल महिला जनचेतनाका क्षेत्रमा आफुले गरेका कार्यहरुको कार्यक्रम लिएर अमेरिका आएकी हुन ।

पेशाले नर्स समेत रहेकी पौडेलले जनयुद्ध ताक राज्य र विद्रोही पक्षबाट यातनामा परेका पीडित परिवारहरुको पक्षमा काम गरेकी थिईन, त्यो पनि जुम्ला जस्तो राज्यको निकै कम नजर पर्ने जिल्लाहरुमा । स्नाकोत्तर सम्मको अध्ययन संगसंगै ‘अधिकारमा बिद्धाबारिधी’को अध्ययन गरिरहेकी यी राष्ट्रसेविकाका ‘खलङगामा हमाला’ ‘जुम्ला, एुटी नर्सको कथा’ जस्ता पुस्तकहरु प्रकाशित छन ।

‘महिलाले महिनावारी हुंदा घरभन्दा अलग्गै सामाजिक जीवनबाट बन्चित भएर बस्नुपर्ने रुढीवादी परम्परा’ राधा फाउन्डेशनले सचेतनाका लागि चालेका पाईलाहरुको बारेमा तयार पारीएको भिडियो हेर्दा हल स्तब्ध थियो ।

श्रीपशुपतिनाथ फाउन्डेशनको सामुदायिक हलमा आयोजित कार्यक्रममा श्रीपशुपतीनाथ फाउन्डेशनका अध्यक्ष गोकुल पौडेलले ‘राधा पौडेलको अभियानमा सहयोगको हेतुले’ ७०१।०० डलर सहयोग प्रदान गराउनुभयो । फाउन्डेशनका केही पदाधिकारीहरु र अध्यक्ष पौडेलको संयुक्त प्रयासमा पौडेलको अभियानका लागि अध्यक्ष पौडेलले उक्त सहयोग गरेका थिए । ‘जन्मभुमीमा ज्यानको बाजी राखेर अधिकारका लागि लड्ने अधिकारकर्मीहरुको होस्टेमा हैंसे गर्नु पनि हाम्रो जिम्मेवारी हो,’ अध्यक्ष पौडेलले बताए । ‘

कार्यक्रममा पर्यतनदुत रामेश्वर भन्डारी, एनआरएन आईसिसी महिला डिआरसी संगिता सिवाकोटी, एनआरएन अमेरिका महिला संयोजक ईन्दिरा त्रिपाठी, एनआरएन क्यालिफोर्निया च्याप्टर अध्यक्ष रामबाबु पाण्डे, श्रीपशुपतिनाथ फाउन्डेशनका अध्यक्ष गोकुल पौडेल, नेपाली नर्स, लस एन्जलसकी अध्यक्ष टिका आङ्देम्बे, शान्ता अधिकारी, शारदा श्रेष्ठ लगायत स्थानियहरुको उपस्थिती रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *