२०८३ असार १ गते | 15th of June 2026

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा बर्खास्त

खुल्लामन्च
 प्रकाशित: २०७५ पुष २३ गते १९:४६

काठमान्डौं – तत्कालिन माओवादीको कोटामा अष्ट्रेलियाका लागि नेपाली राजदूत भएकी लक्की शेर्पा बर्खास्तीमा परेकी हुन् । शेर्पा मानव तस्करीको मुद्दामा मुछिएपछि उनीमाथि छानबिन गर्न छानविन समिति बनेको थियो। समितिले उनलाई सफाई दिए पनि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको प्रस्तावमा उनलाई बर्खास्त गरिएको हो।

नेपालबाटै अष्ट्रेलिया ल्याएका राजदूतका पूर्वसवारी चालक एवं भान्छे वाङछु शेर्पाले राजदुत लक्की शेर्पा र उनका श्रीमान न्वाङ्ग सोनाम शेर्पा मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका थिए।वाङ्छुका अनुसार पैसा उठाइएका व्यक्तिहरु अस्ट्रेलिया आउन नसकेपछि राजदूत लक्की र उनका श्रीमानले रकम फिर्ता नदिई उल्टै आफू र आफ्नी श्रीमतीलाई फसाइएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *