२०८३ असार १ गते | 15th of June 2026

जताततै सम्मानित, ब्यवसायी यज्ञलाल श्रेष्ठ

खुल्लामन्च
 प्रकाशित: २०७५ पुष २४ गते २३:३९

सान्-फ्रान्सिस्को – नेपालका अन्तरराष्ट्रिय धावक, सफल ब्यवसायी तथा सान्-फ्रान्सिस्कोलाई कर्मथलो बनाएर सुखी जीवन ब्यतित गरिरहेका सामाजिक अभियान्ता यज्ञलाल श्रेष्ठ तेस्रो ग्लोबल नेपाली फिल्म फेस्टिभलमा ‘अभियानश्री’ पदकबाट सम्मानित भएका छन । 

झण्डै दुई दशकदेखि अमेरिकामा बसोबास गरिरहेका पूर्वधावक तथा सफल ब्यवसायी यज्ञलाल श्रेष्ठले आफ्नो पछील्लो नेपाल भ्रमणताक पोखराको चाउथेमा निर्मार्णाधिन कराँते स्कुल ट्रेनिङ सेन्टर भवनका लागि ४० लाख रुपैयाँ उपलब्ध गराएका थिए ।

त्यस्तै केही महिना सान्-फ्रान्सिस्कोमा सम्पन्न महापुराणमा खेलाडी श्रेष्ठले मन्दिर तथा सामुदायिक केन्द्र स्थापनार्थ सबैभन्दा बढी रकम महादान गरेका थिए ।

हिमालयन फाउन्डेशनका अध्यक्ष समेत रहेका समाजसेवी श्रेष्ठ सान्-फ्रान्सिस्को वा क्यालिफोर्निया लगायत अमेरिकाका बिभिन्न शहरहरुमा हुने कार्यक्रमहरुमा आफु सक्दो सेवादान प्रदान गर्दै आएका छन ।

यी यिनै सामाजिक अभियानहरुमा हरदम हातेमालो गर्ने श्रेष्ठको सेवाभावको कदरस्वरुप गत हप्ता लस एन्जलसमा सम्पन्न खुल्लामन्च डट कमको आठौं वार्षिकोत्सवमा ब्यवसायी श्रेष्ठलाई ‘सम्मान-पत्र’ प्रदान गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *