काठमाडौं – काठमाडौंको तीनचुली बौद्धमा रहेको टोडलर्स् स्कुलमा आगामी शनिवार (पुष २८) विन्टर कार्निभल हुने भएको छ । स्कुल प्राङगणमा विहान १० बजेबाट सुरु हुने कार्निभल बेलुका ४.३० बजे सम्म चल्नेछ । जाडो विदामा बसेका विद्यार्थीहरुलाई लक्षित गरी हुन लागेको कार्निभलमा हर्स राइडिङ, फेस पेन्टिङ सहित अन्य विविध रोमाञ्चक खेलहरु समावेश गरिनेछ । कार्टुन तथा मस्कटहरुको प्रदर्शनी, म्याजिक सो, हास्य कलाकारहरुको प्रदर्शन पनि कार्निभलको विशेष आर्कषण हुनेछ । विभिन्न प्रतिस्पर्धाहरुमा विजयी भएकाहरुलाई गिफ्ट ह्याम्परको पनि व्यवस्था गरिने स्कुलका प्रिन्सिपल सुवास लामाले जानकारी दिनुभयो ।
त्यस्तै विद्यार्थी तथा अभिभावकहरुका लागि फुड स्टलको पनि व्यवस्था गरिनेछ । टोडलर्स् स्कुलमा अनुभवी शिक्षिकाहरुबाट मेन्टेश्वरी विधिमा पारिवारिक वातावरण सहित कक्षा १ सम्म पठन पाठन भइरहेको छ । यस स्कुलमा अत्याधुनिक भवन सहित, खुल्ला खेल मैदान, नजिकै फराकिलो बगैंचा तथा जंगल, सुविधा सम्पन्न ल्याब, किचेन, डाइनिङ हल, पर्याप्त खेल सामाग्री, संगित तथा कम्प्युटर ल्याब,, यातायात सेवा, प्रदर्शनी हल सहित अन्य सबै खाले भौतिक पूर्वाधारको राम्रो व्यवस्था छ ।सैद्धान्तिक ज्ञान सहित व्यवहारिक शिक्षालाई पनि विशेष महत्व दिँदै आएको यो स्कुल सन् २०१२ मा स्थापना भएको हो ।