२०८० मंसिर १३ गते | 29th of November 2023

‘सम्झनामा प्रेमा शाह’ नामक डकुमेन्ट्री सार्वजनिक

खुल्लामन्च
 प्रकाशित: २०७५ पुष २५ गते १२:४५

काठमान्डौं – नेपाली साहित्यकी शशक्त नारी हस्ताक्षर स्व प्रेमा शाहको जीवनीमा आधारीत ” सम्झनामा प्रेमा शाह ” नामक डकुमेन्ट्री सार्वजनिक गरिएको छ । साहित्यकार नरेन्द्रराज प्रसाइको आलेख, राजन काफ्लेको छायान्कन, सुरेश दर्पण पोखरेलको निर्माण सम्योजन रहेको सो बायोपिक डकुमेन्ट्री नेपाली चलचित्रकि सफल अभिनेत्री जल शाहले आफ्नी आमा प्रेमा शाहको जीवनका उतार चढाबहरुलाई समेटेर निर्माण गरेकी हुन । सार्वजनिक डकुमेन्ट्रीमा नेपाली साहित्यका मुर्धन्य ब्यतित्व हरु ले स्व प्रेमा शाह को जीवन र लेखन का बारे राखेका धारणा हरुलाई प्रस्तुत गरिएकोछ । बि स २००१ सालमा वीरगन्जको श्रीपुरमा जन्मेकी प्रेमा ‘आऊ मलाई सम्भोग गर’ कविता लेखेपछि साहसी महिला साहित्कारका रूपमा साहित्य क्षत्रेमा उदाएकी थिइन् भने एउटै सम्भोग नामक कथा लेखेपश्चात् उनको चर्चा चुलिएको थियो।

कथा संग्रह पहेंलो गुलाब, विषायान्तर, लघु उपन्यास ममी, संयुक्त लेखन उपन्यास आकाश विभाजित छ, हिन्दी नाटक चित्रङदाको नेपाली अनुवाद, बाल कथाहरू मन्टुकी बजैको कथाको पेटारो, जिंकी र जोकर, इन्द्रधनुष रंगीचंगी कथाहरू, राम्रो काम लेखेकी प्रेमाका बाल उपन्यासहरू मनु र भँगेरा, आनन्दको आविष्कार, बाल गीतिसंग्रह भाग १ र २ लगायत प्रकाशित कृति हुन्। उनको गत वर्ष पुस ५ गते उपचारका क्रममा अमेरिकाको साल्टलेक सिटी अस्पतालमा निधन भएको थियो। उनी केही समयदेखि छोरी जलका साथ अमेरिका बस्दै आएकी थिइन्।

भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *