काठमाडौं – डा.गोविन्द केसीले १६ औं अनशन शुरु गरेका छन् । आफूसँग सहमति भए अनुसार चिकित्सा स्वास्थ्य विधयेक नआउने भएपछि डा. केसीले आफ्नो अनशन शुरु गरेका हुन् । आजै संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भएको हो । डा.केसीले एक विज्ञप्ति जारी गर्दै पाँच बजेबाट अनशन शुरु गरेका हुन् । उनले देशमा देखिएको भद्रगोल, अराजकता र दण्डहीनताको जिम्मेवारी कार्यकारी प्रमुखका हैसियतले प्रधानमन्त्रीले लिनुपर्ने उल्लखे गरेका गरेका छन् ।
प्रधानमन्त्रीको गहन शारीरक समस्या तथा त्यसको उपचार पद्धतिका दुष्प्रभावहरुका कारण निर्णय क्षमतामा असर परेको आरोप लगाएका छन् । उनले बारम्बार सरकार र सांसदहरुलाई विगतको सम्झौता स्मरण गराउँदै सो अनुसार चिकित्सा शिक्षा ऐन जारी गर्न अनुरोध गर्दा त्यस विपरित माफियामुखी बुँदाहरु समेटेर संसदको शिक्षा तथा स्वास्थ्य समितिले विधेयक संसदमा पठाएकोमा त्यसप्रति कडा आपत्ति जनाउँदै अनशनमा बसेका हुन् । डा.केसीको अनसनलाई गगन थापाले साथ दिएका छन ।