लङ्ग-आईल्याण्ड/न्यूयोर्क – ४३औं रास्ट्रीय एकता एवं मेल-मिलाप दिवसको उपलक्ष्यमा नेपाली काॅग्रेस को प्रवासमा रहेको संस्था जनसम्पर्क समिति अमेरिका लंगआईलेण्ड च्याप्टर न्यूयोर्क द्वारा Hicksville मा आयोजित वृहद रक्तदान कार्यक्रममा ८६ जना रक्तदाताहरूले रक्तदान गर्नुभयो ।![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.15752-9/49419782_769573023423253_5518879348674789376_n.jpg?_nc_cat=100&_nc_ht=scontent-sjc3-1.xx&oh=3db1d1505640ae79325815820591bbfe&oe=5CC40B42)
आयोजक संस्थाका सभापति विश्वराज वाॅस्तोलाका अनुसार रक्तदान कार्यक्र मा Newyork State का Assemblyman Michael Montesano, जनसम्पर्क समिति अमेरिकाकाका न्यूयोर्कस्थित अधिकांस नेताहरू, एन.आर.एन. अमेरिका एवं विभिन्न नेपाली संघ संस्थाका पदाधिकारीहरूव्लड डोनर अर्जुनप्रसाद मैनाली लगाएत विविध क्षेत्रका सामाजिक अगुवा तथा स्थानिय नेपाली समुदायको वाक्लो उपस्थिति रहेको थियो । सभापति वाॅस्तोलाले नेपाली जनताका लोकप्रिय नेता जननायक विपी कोईरालाको संझनामा प्रवासमा यस्तो लोक कल्याणकारी तथा महत्वपूर्ण कार्यक्रमहरू गर्न पाॅउदा आनन्द लाग्ने वताउनु भयो।![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.15752-9/49948335_331181590939877_5323435710819074048_n.jpg?_nc_cat=107&_nc_ht=scontent-sjc3-1.xx&oh=d2a8d5045b29da6bf8d2ee2516369d35&oe=5C8BD32D)
रक्तदानको लागि विभिन्न क्षेत्र वाट ठूलो संख्यामा रक्तदाता आएर रक्तदान गर्नु आॅफैमा महत्वपूर्ण र पुन्य कार्य भएको वताउनुभयो ।
आगन्तुक पाहुना तथा रक्तदाता महानुभावहरू लाई कार्यक्रम संयोजक एवं च्याप्टर उपसभापति विनोद थापा लगाएत च्याप्टर पदाधिकारी र सदस्यहरूले स्वागत गर्नुभएको थियो ।![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.15752-9/49577040_1948460291916105_608981493049458688_n.jpg?_nc_cat=108&_nc_ht=scontent-sjc3-1.xx&oh=629d0ba4131f31c2eb35e80a8bac0549&oe=5CD0995F)
नेपाली काॅग्रेसका संस्थापक नेता जननायक विपी कोईराला विक्रम सम्वत २०३३ पौष १६ गते लामो समयको भारत प्रवास पछि रास्ट्रीयता खतरामा परेको महसूस गरी स्वदेश फर्केको दिनलाई नेपाली काॅग्रेसले राष्ट्रीय एकता एवं मेल-मिलाप दिवसको रूपमा मनाउॅदै आएको छ ।![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.15752-9/50151413_373945770081520_7289499738372571136_n.jpg?_nc_cat=104&_nc_ht=scontent-sjc3-1.xx&oh=a1728e195662de3b08e762a436b6a167&oe=5CC0E85C)