काठमान्डौं – श्रीलाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेड न्युरोडले लामो समय देखि अटिजम भएका बालबालिकाहरुको सेवामा समर्पित सामाजिक अभियान्ता तथा विशेष स्कुल तथा पुनस्थापना केन्द्रकी अध्यक्ष सुश्री सबिता उप्रेतीलाई नगद रु पच्चीस हजार सहित सम्मान गरेको छ । सहकारीको सातौ साधारण सभाको अवसरमा सहकारीको अध्यक्ष ओम उप्रेती र प्रमुख अतिथि काठमाडौ महानगरपालिकाको मेयर बिधासुन्दर शाक्यबाट सम्मानित गरिएको हो ।
नेपालमा अटिजम भएका बालबालिकाहरुलाई माया र अवसर प्रदान गरे उनीहरु पनि सबल र सक्षम हुन सक्छन् भन्ने सन्देश बोकेर नेपाली समाजमा अटिजम सम्वन्धी सचेतना र सेवा साथै निस्वार्थ भावनाका साथ समर्पित भइ समाजमा सकारात्मक सन्देश पुर्याउदै बिगत लामो समय देखि विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (SSDRC) स्थापना गरि सामाजिक सेवामा देखाउनु भएको योगदानको उच्च मुल्यांकन भनि यो सम्मान गरिएको छ ।

उप्रेतीले शुभकामना मन्तव्यमा धन्यवाद दिदै यो सम्मानले थप काम गर्ने हौसला बढनुको साथै जिम्मेवारी थपिएको बाताउनु भयो । उहाले संस्थाको बारेमा र आफनु सामाजिक कार्यको बारेमा बताईरहदा उपस्थित सहभागीहरु भावुक हुँदै मनकारीहरुले संस्थालाई सहयोग गर्नु भएको छ । काठमाडौको पेप्सिकोलामा रहेको उहाको संस्थामा ४५ जना बालबालिकाहरुले शिक्षा ,विभिन्न थेरापी सेवा र सिपमुलक तालीमहरु पाइरहेका छ्न भने २६ जना कर्मचारीहरु कार्यरत छन ।