सन सनफ्रासिस्को – अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सानफ्रासिस्को वे एरिया निवासी नेपालीहरूले राष्ट्रिय एकताका प्रतिक तथा आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको २९७ औ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएका छन् । वे एरियामा कृयासिल सामाजिक संस्थाहरू मंदरल्यान्ड नेपाल, नेपाल विश्व सहयोग संघ(एन.ए.जी.सी.), पश्चिम अमेरिका नेपाली महासंघ(वाना), लायन्स क्लव अफ सानलियान्ड्रो मनकामना, नारायण सोमनामे, सुनिता गुरुंग र पदम लामा समेतको संयूक्त आयोजनामा उक्त कार्यक्रमको आयोजना भएको थियो। कार्यक्रमको शुरुवात नेपाली रास्ट्रिय गान संगै अमेरिकी रास्ट्रिय गान नेपाली माझ लोकप्रिय गायिका लक्ष्मी खरेल र अमृत कुँवरको संयुक्त गायनबाट गरिएको थियो ।
उक्त अवसरमा प्रमुख बक्ताको रुपमा शिक्षाविद् सुरेश भट्टले पृथ्वीनारायण शाहको योगदानमाथी प्रकाश पारेका थिए । उनले धर्म प्रचारकहरूले नेपालको इतिहासलाई गलत ढंगले लेखेर नेपालीहरूबीच विखण्डन गर्न प्रयास गरेको बताए । पृथ्वीनारायण शाहले आधुनिक नेपालको निमार्ण नगरेको भए आज हामी नेपाली भनेर गर्व गर्न नपाउने बताए । डा. दुर्गा दाहालले पृथ्वी नारायण शाहको बुदागतरुपमा दिव्योपदेशको महत्वको बारे प्रकाश पार्नु भएको थियो ।
वे एरियामा रही नेपाली समाजमा उल्लेख्य योगदान गरेकोमा नान्सका पूर्व अध्यक्ष, एनसीसी स्ट्यान्डिंग कमिटी अध्यक्ष, पश्चिम अमेरिका नेपाली महासंघका अध्यक्ष तथा नेपाली कम्युनिटी सेन्टरका नव-नियुक्त संरक्षक समेत नियुक्त भएका समाजसेवी उत्तम कार्कीलाई पृथ्वी गौरव सम्मान तथा वर्ष पुरुष २०१८ ले सम्मानित गरियो । सम्मानित कार्कीले नेपाली एकता दिवसबाट प्रेरणा लिएर नेपाली समाजले वे एरियामा नेपाली कम्युनिटी सेन्टर बनाउन झन्डै १ मिलियन डलर भन्दा बढी धार्मिक महोत्सव २०१८ बाट कबोल भएको बताए । कार्यक्रमका सभापति मदरल्याण्ड नेपालका संस्थापक अध्यक्ष तथा पूर्व पर्यटन दुत अनिल पाण्डेले राष्ट्रिय एकताका प्रतिक बडामहाराज पृथ्वीनारायण शाहको जन्मजयन्तीमा नेपाल सरकारले राष्ट्रिय विदा दिनु पर्ने कुरामा जोड दिए ।
सहभागीहरूलाई स्वागत गर्दै कार्यक्रम संयोजक प्रिन्स युवराज कार्कीले इतिहास बिर्सेउ भने हामी पनि भबिस्यमा बिर्सिइने छौ भन्ने कुरामा जोड दिए । यसै गरी नान्स अध्यक्ष समाजसेवी रविन्द्र राईले पृथ्वीनारायण शाह एकताको प्रतिक भएको भन्दै पृथ्वीनारायण शाहले नेपाल एकिकरणको क्रममा पूर्वी नेपालमा रहेका किंरात राज्यहरुलाई कुटनितिक ढंगले नेपालमा समाबेस गरेका कारण पूर्वेलीहरुले नेपाली भन्न पाएकोमा गर्व गरेको बताए । व्यवसायी नारायण सोमनामेले आफू व्यवसायी भएको र राष्ट्र निर्माताको कारण आजको नेपाल सम्भव भएकोले आफ्नो कार्यालयमा पृथ्वीनारायण शाहको फोटो राख्ने गरेको बताए ।
युवा राजेन्द्र जोशीले राष्ट्र निर्माता गोर्खाका राजा भएर पनि काठमाण्डौलाई नेपालको राजधानी बनाएको तथा नेवारी परम्पराको देवी कुमारी प्रथालाई निरन्तरता दिएको विषयलाई उल्लेख गर्दै पृथ्वीनारायण शाह समावेशीतामा जोड दिने राजा भएको बताए । नान्स कोषाध्यक्ष एवम पत्रकार प्रेम परियारले पृथ्वीनारायण शाहलाई स्मरण गरिरहदा नेपाल एकिकरणको क्रममा विसे नगर्चीले पुर्याएको योगदानलाई पनि भुल्न नहुने बताए । एकताका लागि पृथ्वी नारायण शाह जस्तै सुझबुझ भएको नेतृत्व आजको आबश्यकता भएको बताए ।
तमु समाज, क्यालिफोर्नियाकी महासचिव एबम कार्यक्रम आयोजक सुनीता गुरुङले नयाँ पुस्तालाई समेत एकता दिवसको वारेमा बताउँदै जानु पर्ने बताइन । अर्का वक्ता सुजित सिंहले एतिहास मेटाइयो भने हाम्रो भविष्य पनि मेटिने भएकोले एकता दिवस प्रति गर्व गर्नु पर्ने बताए । उमेरले सबभन्दा सानी वक्ता मनसुन पाण्डेले अमेरिकामा भएका नेपालीहरुले समग्र नेपालको प्रतिनिधित्व गर्ने भएकोले सबै नेपालीले असल आचरण गर्नु पर्नेमा जोड दिइन ।
सो कार्यक्रममा स्थानीय क्रियाशील पत्रकार हलिवुड खबर डट कमका कृष्ण केसी, ओएस नेपाल डट कमका केश व. कार्की, डिसी नेपाल डट कमका सर्वज्ञ वाग्ले, खुल्लामंच डट कमका सागर श्रेष्ठ, निपोल न्युज डट कमका प्रेम परियार, मम नेपाल डट कमवाट मनसुन पाण्डे र सज्जन पाण्डे लगाएतका सञ्चारकर्मीहरुलाई पनि सम्मान गरियो । समाजमा सकरात्मक सन्देश प्रवाह गरी नेपाली बिच एकताको संदेश फैल्याउन सहयोग गरेको मूल्यांकन गर्दै सम्मान गरिएको आयोजकले बताएको थियो ।
लायन्स पूर्व गभर्नर राजन थापा, समाजसेवी डिकेन्द्र मास्के, नाफ्का नेत्री तारा बराल, एन.डब्लु.जी. एन. क्यालिफोर्निया च्याप्टर अध्यक्ष गीता डंगोल, समाजसेवी राजेन्द्र थापा, समाजसेवी टकं भण्डारी, जनसम्पर्क समिति क्यालिफोर्निया च्याप्टर उपाध्यक्ष लक्ष्मी केसी(कार्की), नान्स महासचिव प्रितेश कार्की, समाजसेवी श्रीराम थापा काजी साप, नान्स उपाध्यक्ष हेमा पनेरु, आयोजकका तर्फबाट यज्ञ नेपाल, नान्स पूर्व कोषाध्यक्ष समाजसेवी नारायण पोखरेल, जनसम्पर्क समिति क्यालिफोर्निया च्याप्टर महासचिव हरि भट्ट, समाजसेवी पुनम शाक्य लगाएतका अन्य वक्ताहरुले आफ्नो भनाइ राख्दै एकता दिवसको बिशेष शुभकामना दिएका थिए । आयोजकका तर्फबाट मणि नेपाली पनेरुले छोटो भिडियो प्रस्तुती गर्नु भएको थियो ।



















