लस एन्जलस – लस एन्जलसमा तामाङ समुदायको २८५५ औं सोनाम ल्होछारको अवसर पारेर चर्चित गाएक किङ सागर एस.वाइबाले बेजोड प्रस्तुती दिने भएका छन् । तामाङ सोसाईटी अफ लस एन्जलसको आयोजनामा हुने २८५५ औं सोनाम ल्होछारको अवसरमा आगामी फेब्रुअरी १० तारिख आईतबारको दिन तारा हिमालयन क्युसिनेमा भव्य प्रस्तुती दिनेछन् ।कार्यक्रम लसएन्जल्समा बेलुकी ७.३० देखि रातको एक १.०० बजेसम्म हुनेछ ।
तामाङ सोसाईटी अफ लस एन्जलसका अध्यक्ष टेक वाईबा लामाले तामाङ समुदायको पहिचान र संस्कृति झल्कने गरी नयाँ बर्ष ल्होछार एकताको सन्देश बोकेर भव्यताका साथ मनाउनका लागिएको जानकारी दिएका छन् । प्रवासमै भएता पनि आफ्नो देश तथा तामाङ समुदायको भाषा धर्म संस्कृती र पहिचानलाई जोगाई राख्नुका साथै आफ्नो मातृभुमीलाई विदेशमै भएर पनि सामाजिक कार्यबाट समेत अगाडी बढाउने उदेश्य अनुरुप यस संस्थाको उदय भएको जानकारी गराए । उनले तामाङ समुदायको संस्कार र संस्कृती नेपालकै पहिचान भएको उल्लेख गर्दै यस्ता संस्कार सांस्कृतिलाई राज्य पक्षबाटै जोगाउनुपर्ने बताए । उनले नेपालबाट आउने गायक म्हेन्दोमाया किङ सागर एस.वाइबाको साथमा थुप्रै गीत संगीतको धुनमा लसएन्जल्सबाशिहरु नाच्ने र गाउने अवसर पाउने जानकारी समेत दिए ।

गीत संगीतमा झन्डै दुई दशक लामो समय बिताएका श्रष्टा सर्जक,म्हेन्दोमाया क्षेत्रमा म्हेन्दोमाया किङ उपनाम समेत कमाइसकेका म्हेन्दोमाया गायक,संगीतकार,रचनाकार तथा नायक सागर एस.वाइबा तामाङ बहुप्रतिक्षित ब्यक्तिका रुपमा चिनिन्छन् ।‘यो एकल साँझ मेरो अर्थात् सागर एस.वाइबाको मात्रै नभएर सबै तामाङ समुदाय लगायत सबै विभिन्न जातिहरुका गीत संगीतप्रेमी, म्हेन्दोमायाप्रेमी र आफ्नो भाषा, संस्कार, संस्कृति र संगीतप्रेमिहरुको सांझ हो । 
किङ तामाङले सबैको चासो एवम् उत्साहजनक सहभागीताका साथ कार्यक्रमलाई सभ्य र भब्य रूपमा सफल पार्न आफ्नो तर्फबाट सबै तयारी भैसकेको जानकारी दिएका छन् । उनले सबै तामाङ समुदाय र बिभिन्न नेपाली जात,धर्महरुको सांस्कृतिकको जगेर्ना गर्नुका साथै तामाङ समुदायको नयाँ वर्ष ल्होछारको अवसरमा लसएन्जल्समा भव्य प्रस्तुती दिन नेपालबाट आउन लागेको जानकारी दिए । गायक तामाङले भने ”यो एकल साँझ मेरो अर्थात् सागर एस.वाइबाको मात्रै नभएर सबै तामाङ समुदाय लगायत सबै विभिन्न जातिहरुका गीत संगीतप्रेमी, म्हेन्दोमायाप्रेमी र आफ्नो भाषा,संस्कार,संस्कृति र संगीतप्रेमिहरुको साझ हो”। उक्त कार्यक्रमलाई सभ्य र भव्य बनाईदिन सम्पूर्ण लस एन्जलसवासी, पत्रकार मित्रहरु, दाजुभाई तथा दिदिबहिनिहरु सबैलाई उपस्थिथिको लागि आयोजक संस्था तामाङ सोसाईटी अफ लस एन्जलसले अनुरोध गरेको छ ।