अमेरिका – चितवनस्थित रत्ननगर नगरपालीका वडा नम्बर-१४ को वडा कार्यालय निर्माणका लागी गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाजका संयोजक गौरीराज जोशीले रु. ५० लाख मुल्य बराबरको जग्गा दान गर्नुभएको छ ।
आमा फाउन्डेशनका अध्यक्ष तथा हाल अमेरिकाको डालसमा प्रविधी व्यवसायी रहेका समाजसेवी जोशीले वडा कार्यालयको भवन निर्माणका लागी २२ धुर जग्गा दान गर्नुभएको हो । २ कट्ठा १० धुर क्षेत्रफलमा बनेको वडा कार्यालय भवनका लागी बांकी जग्गा व्यवसायी गुणचन्द्र बिष्ट र दिनेशकुमार चुकेले दान गर्नुभएको छ । आरसी जोशीले गत महिना नेजस, अमेरिकाका सभापति आनन्द बिष्ट मार्फत डोटी जिल्लामा दुई एम्बुलेन्स सेवा संचालनको लागि प्रमुख रुपम आर्थिक सहयोग गर्नुभएको थियो ।
सो जग्गामा बनेको वडा कार्यालय भवनको एक कार्यक्रमका बिच प्रदेश सांसद कृष्णप्रसाद खनालले उद्घाटन गर्नुभएको हो । आरसी जोशीले यस अघि पनि बिभिन्न ठाउंमा आर्थिक सहयोग गरिसक्नुभएको छ । यसअघि जोशीले रत्ननगरकै एक गुरुकुलका लागी पनि ५० लाख रुपैंया सहयोग गर्नुभएको थियो । नवनिर्मित भवनको उद्घाटन समारोहमा भवन निर्माणका लागी जग्गा दान गर्ने तथा भवनका लागी आर्थिक सहयोग गर्ने सबैलाई सम्मान समेत गरिएको छ । 