लस एन्जलस – लस एन्जलसमा गुरुङ्ग समुदायले आफ्नो सुन्दर कला र संस्कारलाई जगेर्ना गर्ने उद्देश्यले ‘नयाँ बर्ष -२०१९ – तमु ल्होछार’ गत जनवरी २० तारिख आईतबारको दिन स्थानिय तारा हिमालयन कुजिन आर्टेसियामा गायिका शिला आलेमगर र गुरुङ समुदायकी चर्चित कलाकार मिना गुरुङको साथमा भव्य सांस्कृतिक कार्यक्रमको साथ सम्पन्न भएको छ ।
नेपालका विभिन्न जातिका छुट्टा-छुट्टै कला र संस्कृतिले भरिपूर्ण नेपाली समाजको एक छुट्टै पहिचान बोकेको सामुदायिक संस्था गुरुङ्ग समाजले आफ्नो पहिचानलाई विदेशी भूमिमा पनि प्रबर्धन हेतुले गुरुङ्ग समाज लस एन्जलसको आयोजनामा सम्पन्न कार्यक्रममा सहभागीहरुको उपस्थितीले कार्यक्रमस्थानमा टेक्ने ठाउं थिएन ।
मनोरन्जनात्मक तमु ल्होछारमा संस्थाका अध्यक्ष ज्ञानेन्द्र गुरुङले सम्पुर्ण अतिथि लगायत सहभागीहरुलाई स्वागत गरेको थिए भने प्रमुख अतिथि महावाणिज्यदुत ॠषि ढकाल, विभिन्न स्थानिय संघ संस्थाको प्रतिनिधित्व गर्दै श्री पशुपतिनाथ फ़ाउन्डेशनका अध्यक्ष गोकुल पौड्याल र गुरुङ्ग समाज लसएन्जलसका संस्थापक अध्यक्ष ईश्वर गुरुङ्ले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
कार्यक्रमको उद्घघाटन भने गुरुङ्ग समाजको तर्फबाट वृद्ध आमाहरुद्दय तेजमाया गुरुङ् र लाक्पा लामाले दिप प्रज्वलन गरि गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा समुदायका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनिहरु एंव स्थानिय संघ संस्थाको प्रमुख तथा प्रतिनिधिहरुलाई संस्थाको अध्यक्ष ज्ञानेन्द्र गुरुङ्गले धन्यबाद मन्तब्य ब्यक्र गरेका थिए ।

