लस एन्जलस – नेवा: अर्गनाइजेशन साउदर्न क्यालिफोर्निया च्याप्टरको आयोजनामा जनवरी २७, २०१९ आइतबार रक्तदान कार्यक्रम हुन गईरहेकोछ । अर्गनाइजेशनले अगस्ट २०१२ देखि हरेक तीन महिनाको फरकमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । बिहान नौ बजे देखि दिउसो ३.०० बजेसम्म श्रीपशुपतिनाथ तथा बुद्ध मन्दिर नर्वाल्कमा हुने रक्तदानमा भाग लिनको लागि सम्पूर्ण साउदर्न क्यालिफोर्नियाबासीलाई संस्थाले अनुरोध गरेको छ ।
पछिल्लो पटक ३० सेप्टेम्बर २०१८ मा संस्थाले रक्तदानको आयोजना गरेको थियो ।![No photo description available.](https://scontent-dfw5-1.xx.fbcdn.net/v/t31.0-8/11160052_461935187303434_516379782879642337_o.jpg?_nc_cat=106&_nc_ht=scontent-dfw5-1.xx&oh=587f9c1f6338588a81c567acf4610ded&oe=5CB5EAD7)
हरेक व्यक्तिले गरेको रक्तदानले तीन जनाको जीवन रक्षा हुने गर्दछ । अमेरिकी नियम अनुसार रक्तदान गर्न अमेरिकामा बस्न थालेको ३ वर्ष हुनुपर्ने तथा लगातार एकबर्ष अमेरिका बाहिर नगएको हुनु पर्दछ । सामान्य अवस्थामा ६ हप्ता पछि पुःन रगत दिन सकिने भए पनि प्लेटलेट चाही हरेक दुई साता पछि दिन मिल्दछ ।
स्रोत : दुरबिननेपाल