लस एन्जलस – नेवा: अर्गनाइजेशन, साउदर्न क्यालिफोर्निया च्याप्टरले श्रीपशुपतिनाथ तथा बुद्द मन्दिर नर्वाल्कमा संस्थाद्दारा आयोजित अर्को रक्तदान कार्यक्रमको आयोजना गरेको छ । यस पटकको रक्तदान कार्यक्रममा ३० व्यक्तिले रक्तदान गरेका छन् । अगस्ट २०१२ देखि हरेक तीन महिनाको फरकमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको संस्थाले पछिल्लोपटक सेप्टेम्बर ३०, २०१८ मा रक्तदानको आयोजना गरेको थियो ।
नेवारी तथा नेपाली धर्म तथा संस्कृति संरक्षणका यमरी पुजा, म्ह: पुजा, ईन्द्रजात्रा लगायत विविध सामाजिक-सांस्कृतिक कार्यहरुलाई निरन्तरता दिँदै आइरहेको लस एन्जलसको एउटा शक्तिशाली संस्था नेवा: समाजले आगामी दिनमा समेत सबैको सहयोगमा अन्य कार्यक्रम गर्दैजाने योजना रहेको संस्थाका नव-निर्वाचित अध्यक्ष बिमल श्रेष्ठले बताए ।
हरेक व्यक्तिले गरेको रक्तदानले तीन जनाको जीवन रक्षा हुने गर्दछ । अमेरिकी नियम अनुसार रक्तदान गर्न अमेरिकामा बस्न थालेको ३ वर्ष हुनुपर्ने तथा लगातार एकबर्ष अमेरिका बाहिर नगएको हुनु पर्दछ । सामान्य अवस्थामा ६ हप्ता पछि पुन: रगत दिन सकिने भए पनि प्लेटलेट चाही हरेक दुई साता पछि दिन मिल्दछ ।









स्रोत : दुरबिननेपाल