टेक्सास – संचारकर्मी तथा गायक किशन रेग्मी र गायिका रेस्मा केसीको ‘कुम जोडी नाचौं लाग्यो’ गीत सार्वजनिक भएको छ । गीतकार शिव शर्मा चञ्चलको शब्द र यस जी योगीको संगीतमा रहेको ‘कुम जोडी नाचौं’ गीत युएस मिडिया नेटवर्कको युटुव च्यानल मार्फत भिडियो सहित सार्वजनिक भएको हो ।![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.15752-9/49140234_1939565633019497_1996342361579323392_n.jpg?_nc_cat=101&_nc_ht=scontent-sjc3-1.xx&oh=8843b9c1e8d31257313b665fd2164b8c&oe=5CB5AF2C)
चलचित्र निर्देशक तथा अग्रज कलाकार शिशिर राणाको निर्देशनमा बनेको यो गीतको भिडियोमा मोेडलद्वय निकोलस अर्याल र एन्जल श्रेष्ठको अभिनय रहेको छ । ललितपुरको भैंसेपाटीमा छायाँकन गरिएको यस भिडियोमा शिव ढकालको छायांकन रहेको छ ।![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.15752-9/49771493_238930233669699_3021711016896495616_n.jpg?_nc_cat=105&_nc_ht=scontent-sjc3-1.xx&oh=34877b61009d55ff317b7eea06f37524&oe=5CED4617)
हाल अमेरिकामा रहँदै आएका गायक किशन रेग्मी अमेरिकाबाट सञ्चालित युएस खबर डटकमका सञ्चालक हुन् । रेग्मीको यस अघिको’ कान्छी हे कान्छी गीत’लाई पनि स्रोता दर्शकले अत्याधिक रुचाएका थिए । नेपाल रहँदा दाङको रेडियो मध्यपश्चिम र स्वर्गद्वारी एफ एममा लामो समय काम गरेका रेग्मी दाङ चलचित्र पत्रकार महासंघका संस्थापक अध्यक्ष समेत हुन् ।![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.15752-9/49414066_1970677746381784_6259129864222146560_n.jpg?_nc_cat=110&_nc_ht=scontent-sjc3-1.xx&oh=d7507c1da38d44511a0e82586f3389e9&oe=5CFAA62E)