क्यालिफोर्निया – एनआरएन अमेरिकाले क्यालिफोर्नियाका शहरहरूमा एनआरएन सदस्यता वितरण अभियान कार्यक्रम संचालन गर्दैछ । आज आईतवार सान्-फ्रान्सिस्को शहर र भोली मायावी शहर लस एन्जलसमा सो कार्यक्रमले निरन्तरता पाउने भएको छ । अमेरिकामा सदस्य संख्याका हिसाबले तेस्रो ठुलो राज्य क्यालिफोर्नियामा आइतबारबाट एनआरएनको सदस्यता वितरण अभियान र अन्तरक्रिया कार्यक्रमले तीव्रता लिने भएको छ ।

एनआरएन अमेरिका, क्यालिफोर्निया च्याप्टरका सचिव रोशन अधिकारीका अनुसार दुबै कार्यक्रमका लागि एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनिल शाह, उपाध्यक्ष उमा कार्की थापा, सुर्य लम्साल, महिला संयोजक ईन्दिरा त्रिपाठी, साइन्स टेक्नोलोजी तथा इनोभेसन कमिटीका संयोजक पशुपति पाण्डे, वर्तमान कार्यसमिती डा. अर्जुन बञ्जाडे, गोपेन्द्र भट्टराई, बिन्दु सापकोटा, विसकन्सन च्याप्टर सभापति बुद्धी सुवेदी लगायतको टोली सहभागी हुनेछन् ।
यसपालीको एनआरएन चुनावमा वरिश्ठ उपाध्यक्ष सुनिल साह, पुर्व सदस्य सुर्य लम्साल र डा. अर्जुन बन्जाडे अध्यक्ष पदका प्रत्यासी हुन भने सदस्य गोपेन्द्र भट्टराई महासचिव पदमा चुनाव लड्दैछन । पशुपती पाण्डे वरिश्ठ उपाध्यक्ष पदमा लड्दैछन भने बुद्धी सुवेदी उपाध्यक्ष पदमा आफ्नो उम्मेद्वारी दिंदैछन ।