२०८१ वैशाख २५ गते | 7th of May 2024

एनआरएन सदस्य बन्न नेविसंघ अमेरिकाको आग्रह

खुल्लामन्च
 प्रकाशित: २०७५ माघ २१ गते १०:१३

अमेरिका – नेपाल विद्यार्थी संघ, अमेरिका शाखाले गैर आवसीय नेपाली संघ अमेरिकाको सदस्य बन्नका लागी अमेरिकाबासी सबै नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा आग्रह गरेको छ । एनाअरएन अमेरिकाले सदस्यता नबिकरणको लागि आगामी फेबरेबरी १५ सम्म समय निर्धारण गरेको छ । सो समयमा सदस्यता नविकरण गर्ने, लिने व्यतिले मात्र आगामी नयाँ नेतृत्व २०१९ -२०२१ को निर्वाचनमा भाग लिन पाउने एनआरएन अमेरिकाले जनाएको छ ।

नेविसंघको बक्तब्य : 

सबै नेपालीहरुको बिचमा आपसी भाईचारा फैलाउन र सबै नेपालीहरुको साझा संस्था बनाउन सबैलाई एनआरएन अमेरिकाको सदस्य बन्नको लागी नेपाल बिद्धार्थी संघ, अमेरिका शाखाले सबै अमेरिकावासी नेपाली दाजुभाई दिदिबहिनीहरुलाई आग्रह गरेको अमेरिकाको नेविसंघ अमेरिका शाखाका केन्द्रिय सदस्य हरि पौडलले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *