२०८१ वैशाख २२ गते | 4th of May 2024

क्यालिफोर्नियामा एनआरएन अमेरिका, हेल्प डेस्कको कार्यक्रम सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७५ माघ २९ गते १२:०२

सान-फ्रान्सिस्को – एनआरएन अमेरिका, हेल्प डेस्क उत्तर क्यालिफोर्नियाको आयोजनामा एक अत्यन्त उपयोगी तथा ज्ञानमुलक कार्यशाला “आमने सामने कार्यक्रम” सम्पन्न भएको छ। हेल्प डेस्क उत्तर क्यालिफोर्नियाका संयोजक तथा एनआरएन अमेरिका, क्यालिफोर्निया च्याप्टरका उपाध्यक्ष तुलशी चौलागाईंको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा एनआरएन हेल्प डेस्कका सदस्य सचिव मणी नेपाली पनेरुले हेल्प डेस्क सम्बन्धी परिचयात्मक पावर प्वाइन्ट प्रस्तुत गर्नुभएको थियो भने प्रमुख अतिथीको हैसियतले एनआरएनए एनसिसि चाइनाका पूर्व अध्यक्ष डिल्ली पराजुली तथा बिशिष्ट अतिथीको रुपमा नेपाल कपिलवस्तु, शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले मनतव्य राख्दै हेल्प डेस्कका प्रयासहरुको सराहना गर्नु भएको थियो। सो कार्यक्रममा यस क्षेत्रमा लामो समय देखी सेवा पुर्याई रहनु भएका विज्ञहरुले अत्यन्त उपयोगी तथा जानकारी मुलक प्रस्तूती गर्नु भएको थियो।

धेरै समय न्यूयोर्कमा कार्यरत र हाल क्यालिफोर्नियामा कार्यरत बन्धु पोखरेलले स्वास्थ्य बीमा, जीवन बीमा, IRA, Retirement Plan, Mortgage Protection plan बारे प्रकाश पार्नु भएको थियो भने विगत २५ बर्ष देखी उत्तरक्यालिहोर्नियामा सफल रियल्टरको रुपमा कार्यरत रिलायन्स फाईनान्सियलका प्रडक्सन भाईस प्रेसिडेन्ट बेन नबिन अधिकारीले घर किन्न आवश्यक कर्जा कसरी लिने र सर्वाधिक फाईदामा कसरी रहने भन्ने बारे प्रस्तूती गर्नु भएको थियो।

सो अवसरमाउदयईमान रियल्टर सुनिता गुरुङ एस्टरडेले घर जग्गा खरिद गर्ने सम्बन्धी अध्यावधिक जानकारी दिनु भएको थियो। यो ट्याक्स मौसममा लिबर्टी ट्याक्स सर्भिस का म्यानेजिङ डाइरेक्टर टंक रायछेत्रीले २०१८ को Tax file गर्दा अत्याधिकफाईदामा कसरी हुन सकिन्छ भन्ने बारे प्रभावकारी प्रस्तूती गर्नुभएको थियो। उक्त अवसरमा सहभागीहरुले प्रस्तूत बिषयमा सो सम्बन्धी जिज्ञासा र प्रश्नहरुको सम्वोधन गर्नुभएको थियो।

एनएएनसिका कार्यकारी सदस्य तथा खुल्लामन्च डट कमका सम्पादक सागर श्रेष्ठले सन्चालन गर्नुभएको सो कार्यक्रममा अतिथिहरुलाई सम्मान गरिनु का साथै प्रस्तोताहरुलाई प्रशंशा पत्र प्रदान गरिएको थियो। एनआरएन एनसिसि अमेरिकाका सल्लाहकार तथा सम्मानित समाजसेवी उत्तम कार्कीले प्रमुख अतिथी डिल्ली पराजुली, शिक्षाविद सुरेश भट्टले बिशिष्ट अतिथी नेत्रराज अधिकारीलाई, एनएएनसिकी उपाध्यक्ष हेमा पनेरुले बन्धु पोखरेललाई, एन सि तमु समाजका अध्यक्ष महादेव लामाले सुनिता गुरुङलाई, एनआरएन एनसिसिका पूर्व मिडिया को अर्डिनेटर तथा अनेसास क्यालिफोर्निया च्याप्टरका अध्यक्ष सर्वज्ञ वाग्लेले टंक राय छेत्रीलाई तथा कलाकार देवीप्रसाद पराजुली (भोक लाग्यो) ले वेन नबिन अधिकारीलाई सम्मान पत्र तथा प्रशंशा पत्र प्रदान गर्नु भएको थियो ।

सो अवसरमा एनआरएन क्यालिफोर्निया च्याप्टरका संस्थापक अध्यक्ष पूर्ण बांनिया, महिला कोअर्डिनेटर दिक्षा बस्नेत, एनएएनसिका वरीष्ठ उपाधक्ष इश्वर सिटौला, महासचिव प्रितेश कार्की, जनसंपर्क समितिका केन्द्रिय सदस्य चन्द्र धिताल, सान लियान्ड्रो मनकामनाका उपाधक्ष माया धिताल लगायत महत्वपूर्ण व्यक्तित्वहरुको उल्लेख्य उपस्थिती थियो। सो कार्यक्रमको खुल्लामन्च तथा डि सि नेपालले प्रत्यक्ष प्रसारण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *