काठमान्डौं – मदन पुरस्कार विजेता सामाजिक अभियान्ता राधा पौडेलको ’अपवित्र रगत’ विमोचन भएको छ । समाजिक अभियानमा ब्यहोरेको र देखेको दर्द र पीडालाई लेखक पौडेलले ‘अपवित्र रगत’ मा जस्ताको तस्तै खिचेकी छन । पछिल्लो लामो लामो समय छउपडि प्रथाबारे अध्ययनरत पौडेल समाज रुपान्तरणको पथमा अग्रसर छिन । ‘अपवित्र रगत’ बारे टिप्पणी दिँदै पूर्वन्यायाधीश अनुपराज शर्माले ’आफ्नो पीडा पीडितले नै लेख्नुपर्छ’ भन्ने किताबले उदाहरण दिएको बताए ।![Image may contain: 7 people, including Radha Paudel, people smiling, people standing](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.0-9/51813443_10218372049643507_5060206996427374592_n.jpg?_nc_cat=102&_nc_ht=scontent-sjc3-1.xx&oh=b8aa3946198a0b035838576d2de5fbcf&oe=5CE9A0B6)
पुस्तकको बिमोचन पछि बोल्दै बोल्दै पूर्व प्रधानन्यायाधीश यवं राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले महिलाको शरीरको अधिकार स्वयं महिलाहरुको हुदा आफ्नो पीडा पीडितले स्वयं लेखिनुपर्ने बताउदै परिवर्तन आफैबाट शुरु गर्नुपर्ने बताएका थिए ।![No photo description available.](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.0-9/51689141_10218372029643007_3104872879511044096_n.jpg?_nc_cat=102&_nc_ht=scontent-sjc3-1.xx&oh=98dee959e49a024dac5b54c7a1ab259f&oe=5CDBD9AF)
शर्माले ‘अपवित्र रगत’ पढ्दा लेखिका राधालाई आफुले विद्रोहीको रुपमा पाएकोले समाजमा जरो गाडेर बसेको रुढीवादि परम्परालाई न्यूनीकरण गर्ने औजारको रुपमा कितावले सहयोग गर्ने विश्वास व्यक्त गरे । शर्माले परिवर्तनको लागि कुनै हुलको जरुरी नहुने र एक्लो बृहस्पतिले पनि काम गर्न सक्ने बताए । ‘विश्वविद्यालयको डिग्रीले मात्रै हुँदैन, तपाईंको सोंच बदलिन पर्छ ।’![](http://assets-cdn.ekantipur.com/images/third-party/entertainment/Paudal-Radha-13022019100329.jpg)
लेखक पौडेल भनिन ‘यो केटी कर्णालीतिर डुल्छे क्यार ! फेरि पनि कर्णालीका दुःख मात्र लेखेकी होला भन्ने पूर्वाग्रह नराखिकन हाम्रै छोरी चेलीको कथा-ब्यथालाई समेटिएको छ। सुन्दा सामान्य लाग्ने तर समाजको दर्द र जटिलता यस किताबमा उल्लेख गरिएको छ । अधिकारकर्मी पौडेलले विभिन्न स्थानमा अध्ययन र अनुसन्धान गरेर भेटिएका महिनावारीका कथालाई समेटेर किताब तयार गरेकी छन । ‘अपवित्र रगत’ किताब काठमाण्डौ पब्लिकेशनले प्रकाशित गरि यसको मूल्य रु. ३५०।०० रहेको छ ।![](https://navadristi.com/wp-content/uploads/2019/02/bimochan-1.jpg)