डालस – चर्चित संगितकार तथा गायक कालिप्रसाद बास्कोटाको प्रस्तुती रहने भ्यालेन्टाईन बिषेश कार्यक्रमको ड्यालासमा सम्पुर्ण तयारी पुरा भएको आयोजकहरुले जनाएका छन् । शनिबार सांझ २२३८ वेष्ट वालनट हिल अर्भिगंमा रहेको फेन्जानी हुक्का लंगमा हुन लागेको कार्यक्रमका लागि बास्कोटा सहित हास्यकलाकार बैतडि बाजे, डिजे सूर्य लगायतका कलाकाहरु ड्यालासमा आईसकेको आयोजक मध्येका एक भक्ता भण्डारीले बताउनुभयो ।
शनिबार सांझ ६ बजेदेखी शुरु हुने कार्यक्रममा स्थानिय प्रतिभाहरुको पनि बिषेश प्रस्तुती रहने आयोजकहरुले जनाएका छन् । केहि सातादेखी अमेरिकामा रहेका गायक तथा सगिंतकार बास्कोटाले अमेरिकाको बिभिन्न राज्यमा प्रस्तुती दिने क्रममा ड्यालासमा आईपुगेका हुन् । नेपालीहरुको बाहुल्यता रहेको ड्यालासमा कार्यक्रम गर्न आफु पनि उत्साहित रहेको बताउने बास्कोटाको प्रस्तुती हेर्न ४०० भन्दा धेरै दर्शक आउने अपेक्षा आयोजकहरुले गरेका छन् । 