सागर श्रेष्ठ /सान्फ्रान्सिस्को – अमेरिकाको क्यालिफोर्निया राज्यको पलोआलटो शहरमा रहेको स्ट्याण्डफोर्ड यूनिभर्सिटीमा इन्टरनेशल एकेडेमी अफ टेकवण्डो सम्मेलनमा दुइजना नेपाली गुरुहरु सहभागी भएका छन्। फेब्रवरी १६,१७, २०१९ मा सम्पन्न सो सम्मेलनमा थुप्रै देशबाट प्रतिनिधिहरु सहभागी थिए। त्यसमध्ये टेकवाण्डोका दुइजना नेपाली गुरुहरु सन्तोष प्रधान र प्रकाश थापा पनि सहभागी थिए। सम्मेलनमा यूनिभर्सल यूनाइटेड नेपालीज टेकवाण्डो फेडरेशनका अध्यक्ष तथा ग्राण्ड मास्टर सन्तोष प्रधान तथा नेपाल टुरिज़म बोर्ड सिलकन भ्यालीका अबैतनिक दूत तथा टेकवाण्डो मास्टर प्रकाश थापा थिए।
विश्वका ५० भन्दा धेरै देशबाट ग्राण्ड मास्टर, स्पोर्ट्स साइटिष्टहरुको समेत सम्मेलनमा सहभागिता रहेको कुरा पर्यटन दूत तथा मास्टर प्रकाश थापाले हलिउडखबरलाइ जानकारी गराए। थापाका अनुसार उनीहरुले नेपाल र नेपालीको पहिचान र भगवान बुद्ध र मार्शल आर्ट को गाहिरो सम्बन्ध बिषयमा जानकारी गराए। यसका साथै उनीहरुले २०२१ सम्मेलन नेपालको लुम्बिनीमा गर्नको लागि प्रस्ताव समेत राखेका छन्। सो सम्मेलनमा भाग लिएर नेपालीहरुको प्रतिनिधित्व गर्न पाएकोमा गुरु सन्तोष प्रधानले थप ज्ञान र हौसला मिलेको बताउंदै खुशी व्यक्त गरे।