२०८१ वैशाख २४ गते | 6th of May 2024

अमेरिकामा सामुदायिक पत्रकारिता, नौ नेपाली संचार माध्यमबिच एकता

खुल्लामन्च
 प्रकाशित: २०७५ फागुन ९ गते २२:५५

लस एन्जलस – अमेरिकी नेपाली डायस्पोरामा सामुदायिक पत्रकारिताका लागि सकृय नौ वटा न्युज पोर्टलहरूले नेपाली समुदायको हित प्रवर्धनका लागि सहकार्य गर्ने भएका छन् । संचारगृह स्थापना मात्र नभएर आपसी भाईचारा, तथ्यपरक सुचना र सामुदायिक प्रबर्धन र सहकार्यका लागि हातेमालो गर्ने न्युजपोर्टलहरूमा खसोखास, खुल्लामञ्च, हिमालपाटी, युएस खबर, ह्वाइटहिमाल, युएस नेपाल अनलाइन, नेपलिज डायस्पोरा, नेपालय र द न्युयोर्क सिटी पोष्ट रहेका छन्।

यी सञ्चारमाध्यमहरू अमेरिकामा बाक्लो नेपाली उपस्थिति रहेका न्युयोर्क, टेक्सास र क्यालिफोर्नियालगायतका राज्यबाट सञ्चालित हुन्छन् । एनआरएन अमेरिकाको आसन्न चुनावमा हुनसक्ने गलत गतिविधिको खबरदारी र सही नेतृत्व छनौटका लागि जनचेतना लगायतका गतिविधिमा समेत यी मिडियाहरुले सहकार्य गर्ने भएका छन् । समुदायको बिरुद्धमा हुने गतिविधिको खबरदारी र हितमा हुने गतिविधिको पक्षपोषणका लागि यो एकता कायम गरिएको बताइएको छ। त्यस्तै समुदायको हितका अन्य विषयहरुमा समेत एकजुट भएर अगाडि बढ्ने निर्णय पनि सञ्चारमाध्यमका सञ्चालकहरूले गरेका छन्।

एनआरएन अमेरिकाको आसन्न चुनावमा हुनसक्ने गलत गतिविधिको खबरदारी र सही नेतृत्व छनौटका लागि जनचेतनालगायतका गतिविधिमा समेत यी मिडियाहरुले सहकार्य गर्ने भएका छन् । सहकार्य हुने समाचार गृहका प्रधानसम्पादकहरु क्रमश: खसोखास डट कमका किशोर पन्थी, खुल्लामन्च डट कमका गोकुल ढकाल, हिमालपाटी डट कमका शेर केसी, यूएसखबर डट कमका किसान रेग्मी, व्हाईटहिमाल डट कमका सुर्य थापा, यूएसनेपाल अनलाईन डट कमका प्रदिप थापा, नेप्लीज डायस्पोरा डट कमका सतिश चापागाईं, नेपालय डट कमका बिष्णु पौडेल र द न्यूयोर्क सिटी पोष्ट डट कमका राजन थपालिया बिचको बैठकले सो सहकार्यको निधो गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *