वाशिङटन डिसी – अमेरिकाको वाशिङटन डिसी स्थित नेपाली राजदूतावासमा अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रो कमिटीका अध्यक्ष एवम् वरिष्ठ लोक तथा दोहोरी गायक रामप्रसाद खनालको नयाँ कविता कृति ” मुर्दाहरूको बस्ती ” र ” रामप्रसाद खनालका सदाबहार गीतहरू ” एक साथ विमोचन गरिएको छ ।![Image may contain: text](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.0-9/53201096_10216840674782415_4702039039274909696_n.jpg?_nc_cat=101&_nc_eui2=AeE6Rf0BAZK9Hst_5p2jmv0O6O7DaDOfZSESDAPIvAi-Mnlf9_qj_fbxHRXOtELi7GsnD4qyehK66sNZfQs7jBefd8BKAgiHuqLaC-8xAK9ldA&_nc_ht=scontent-sjc3-1.xx&oh=4961c9f2867b5e0f45a6271d84b1f490&oe=5D197A44)
राष्ट्रिय सभा सदस्य एवम् वरिष्ठ लोक तथा दोहोरी गायिका कोमल वली, अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्की, म्यारिल्यान्ड र पेन्सल्भिनियाका लागि महाबाणिज्यदूत एवम् वरिष्ठ लोक तथा दोहोरी गायक प्रेमराजा महत, पूर्व अमेरिकी राजदूत स्कट डेलिसी, वरिष्ठ लोक गायक नवीन खड्का र खनाल पत्नी तीर्था पौडेलले दुवै कृतिहरू सामूहिक रूपमा विमोचन गर्नुभयो ।![Image may contain: 2 people, including Ram Prasad Khanal, people smiling, text](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.0-9/52633925_10216840675622436_7272579517141483520_n.jpg?_nc_cat=106&_nc_eui2=AeESQhmUuLVvqhY7vy1lwQprk6wIOOPOn940ouHUr3sy4TstqnuGV9nfTwbPN59XPI-4VgmCDUIaLAiU4TPfwidoB_EoiM44Wbx00hMOfSbKRQ&_nc_ht=scontent-sjc3-1.xx&oh=f60136685b98f44340e35755dfd41461&oe=5CE88F6B)
अमेरिकामा बसोबास गर्ने कलाकारहरू, समाजसेवीहरू, नेपाल लाई माया गर्ने अमेरिकीहरू, नेपाली सङ्घ संस्थाका प्रमुखहरूको उपस्थितिमा उक्त दुई कृतिहरू विमोचन गरिएको थियो ।![Image may contain: 6 people, including Maya Gyawali, people smiling, people standing and indoor](https://scontent.fric1-2.fna.fbcdn.net/v/t1.0-9/52932981_10216837841271579_6430260001452851200_o.jpg?_nc_cat=105&_nc_ht=scontent.fric1-2.fna&oh=3871b9fc3b40e0fffc3b3e360d5517af&oe=5CDAB4CC)
कार्यक्रममा राजदूत कार्की, सांसद ओली, पूर्व अमेरिकी राजदूत डेलिसी, महाबाणिज्यदूत महत, वरिष्ठ लोकगायक खड्का आदिले मन्तव्य पनि व्यक्त गर्नुभएको थियो । राजदूतावासले सांसद वलीको स्वागत कार्यक्रम र कार्यक्रमको अन्त्यमा नेपाली मैत्री भोज समेत आयोजना गरेको थियो ।
![](https://1.bp.blogspot.com/-ED0kFDQLBEE/XHQkvYt1GpI/AAAAAAAA02s/hFNobI2famo5z_d3YHfRd2DecxiuoHtxwCLcBGAs/s640/52602326_10216837231656339_2198274359284465664_n.jpg)
कार्यक्रममा अतिथि गायिका वली, गायकहरू महत, खड्का, खनाल, तिमील्सेनाले गीतहरू गाउनुभएको थियो भने नवीन केसी, लुना श्रेष्ठ, सुस्मा खनाल लगायतका केही कलाकारहरूको नाच पनि प्रस्तुत गरिएको थियो । गाउन मात्र होइन नाच्न पनि खप्पिस कोमलले डिसीमा आफु पनि नाच्दै र अरुलाई पनि मज्जाले नचाउँदै गरेको देखियो यहाँ पनि ।![](https://3.bp.blogspot.com/-ywd-W2x4KOI/XHQk5o2RUaI/AAAAAAAA04s/3qISUW3Yo40SV37n6_EiVo74GZ_eddm9gCLcBGAs/s640/52935497_10216837841351581_3533256916228636672_o.jpg)
कविता कृति ” मुर्दाहरूको बस्ती ” खनालको सत्रौँ पुस्तक र दोस्रो कविता सङ्ग्रह हो भने ” रामप्रसाद खनालका सदाबहार गीतहरू ” खनालको ४७ औँ एलबम हो । यस अघि नै खनालले एक हजार दुई सय भन्दा बढी गीत लेखन एवम् गायन गरिसकेका छन् भने खनालले एक हजार भन्दा बढी कविता, गजल र मुक्तकहरू लेखन एवम् प्रकाशन गरिसकेका छन् ।![](https://3.bp.blogspot.com/-EIcO5o9zFws/XHQkyGEHShI/AAAAAAAA03I/eqo9KrcMrDQ5jvgFKHIq1xfTXuJkkkz8ACLcBGAs/s640/52724390_10216837227216228_7244355186800459776_n.jpg)
खनालको नयाँ कविता कृति ” मुर्दाहरूको बस्ती ” दुई सय पेजको छ जसमा राष्ट्र, राष्ट्रियता, बर्तमानको नेपाल सँग सम्बन्धित कविताहरू समावेश छन् भने ” रामप्रसाद खनालका सदाबहार गीतहरू ” जसमा एघार वटा लोक गीत, लोक भजन, पञ्चेबाजा, आधुनिक गीत लगायतका गीत समावेश गरिएको छ ।
![](https://3.bp.blogspot.com/-1RCbDhsUs0w/XHQk3eSiRVI/AAAAAAAA04M/N_Q9YF0CwtMOcUDfCVwu0-E_pfQGjD2lQCLcBGAs/s640/52861848_10216837233816393_3446466751141773312_n.jpg)
खनालले गत वर्ष प्रकाशन गरेको तिन सय पेज रहेको कविता कृति ” देश हराएको मान्छे ” पाठकहरूले अत्यन्त रुचाएका थिए । उक्त कृतिको दोस्रो संस्करण अहिले बजारमा छ भने खनालका गीत सङ्गीत कर्णप्रिय, लोकप्रिय पनि छन् भन्छन् उनका दर्शक र श्रोताहरू ।![](https://2.bp.blogspot.com/-1TbODwPNjjg/XHQktQxgf7I/AAAAAAAA02Q/63HPDxSa1psaQnL_lti3OEcVB3P4BTr-ACLcBGAs/s640/52596168_10216837255296930_8460520424143323136_n.jpg)
नेपालको लोकगीत, दोहोरी गीत, लोक संस्कृतिको लागि त्यसै गरी देश विदेश जहाँ रहँदा पनि खनालले नेपाली भाषा, साहित्य, कलाको क्षेत्रमा पुर्याएको योगदानको सबैले खुलेर प्रशंसा गर्ने गरेको पाइन्छ ।![Image may contain: 3 people, including Khem Bhattachan and Bishwa Raj Thapa, people standing and indoor](https://scontent.fric1-2.fna.fbcdn.net/v/t1.0-9/52843622_10216837843191627_5837110732814024704_n.jpg?_nc_cat=109&_nc_ht=scontent.fric1-2.fna&oh=c838b208384c70bdf5d4965e3ba477a9&oe=5CDE2A7B)
खनाल मात्र होइन खनालका शिष्यहरू पनि अहिले राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा स्थापित कलाकार हुनुले खनालको योगदान कति छ भन्ने कुरा पुष्टि हुन्छ भन्छन् उनका दर्शक र श्रोताहरू ।![](https://4.bp.blogspot.com/-3fEEfNraEzY/XHQktm_8iEI/AAAAAAAA02U/X4BD9R1mtmk9gQ19e0SxX34BwOzSI5ZIACLcBGAs/s640/52426800_10216837210135801_4645642085704138752_n.jpg)
सो अवसरमा अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका तर्फ बाट अध्यक्ष खनालले गीत सङ्गीत र पत्रकारितामा आफ्नी सहयात्री एवम् अतिथि कोमल ओलीलाई मायाको चिनो प्रदान गर्नुभएको थियो भने अतिथि वलीले सुस्मा खनाल र अर्की नयाँ प्रतिभालाई पनि मायाको चिनो प्रदान गर्नुभएको थियो भने ।
![](https://3.bp.blogspot.com/-oEFPlinyIZA/XHQkvJD2TMI/AAAAAAAA02o/epIeAvcVjPoDCbGUOmyhZNG9EBC51IYyQCLcBGAs/s640/52602247_10216837221256079_8616254246079168512_n.jpg)