२०८१ जेठ ५ गते | 18th of May 2024

अन्तरराष्ट्रिय झापाली समाज, न्यूयोर्क सिटीद्दारा सम्मानित

खुल्लामन्च
 प्रकाशित: २०७५ फागुन १४ गते ४:१२

न्यूयोर्क – अन्तरराष्ट्रिय झापाली समाजलाई न्यूयोर्क सिटीले सम्मान गरेको छ । संसारभरी छरिएर रहेका प्रवासी झापाली नेपालीहरुको साझा संगठन ‘अन्तरराष्ट्रिय झापाली समाज’ लाई आज एक कार्यक्रमका विच कहिल्यै नसुत्ने शहर न्यूयोर्कले सम्मानित गरेको हो । International Mother Language Day को अवसरमा आज न्यूयोर्कमा आयोजित कार्यक्रममा सो सम्मान प्रदान गरिएको थियो ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानास्थललाई चटक्क पारेर सफा गरेको टोलीलाई भद्रपुर लगेर त्यहांको चन्द्रागढी विमानस्थल, विमानस्थल भित्रको बगैंचा निर्माण र सरसफाई, विमानास्थलको पुरै क्षेत्रको तात्कालिक तथा दिर्घकालिन सर-सफाई, टोमासी गाउंपालिकामा भुकम्प पीडितका लागि २० घर निर्माण, झापाका बिभिन्न स्थानमा बिद्धालय निर्माण, पुस्तकालयलाई सहयोग, शैक्षिक सामग्री वितरण जस्ता सामाजिक कामका लागि दश करोड भन्दा बढी रकम सहयोग गरिसकेको झापाली समाजलाई संसारको सभ्रान्त मुलुकको बिभव शहरमा सम्मानित हुन पाउंदा खुशी लागेको बताउंछन, संस्थाका उपाध्यक्ष तथा नेपाली कांग्रेसका महासमिती सदस्य प्रमोद सिटौला । ‘सम्मानले उत्साह थपेको छ’ उपाध्यक्ष सिटौलाले बताए ।

एनआरएन न्यूयोर्क, अध्यक्ष अधिकारी, वागलुङ्ग तथा धादिङ्ग समाज पनि सामानित :

न्यूयोर्क नगरसंग नेपाल राष्ट्रको झन्डा, नेपालीत्व र सांस्कृतिक सम्पदाको शानले नजिक भएर काम गर्ने नेपाली संस्थाहरुलाई सम्मान गर्ने क्रममा एनआरएन अमेरिका, न्यूयोर्क च्याप्टर, यसका अध्यक्ष रामहरी अधिकारीलाईलाई पनि न्यूयोर्क नगरले सम्मान गरेको छ । एनआरएन अमेरिकाका सबैभन्दा ब्यस्त, सबैभन्दा सकृय र सबैभन्दा ठुलो च्याप्टर बनाउने सौभाग्य प्राप्त गरेका अति नै जुझारु अभियान्ता अधिकारीलाई उनको सामाजिक योगदानस्वरुप न्यूयोर्क नगरले सम्मन गरेको छ ।Image may contain: Ramhari Adhikari, smiling, standing and suit

यसैगरी रक्तदान लगायत बिभिन्न सामाजिक कार्यक्रममा सकृय वागलुङ्ग तथा धादिङ्ग समाजलाई पनि न्यूयोर्क नगरले सम्मान गरेको छ । Image may contain: textवागलुङ्ग समाजका अध्यक्ष तथा नेजस पुर्व केन्द्रिय सदस्य हरी शर्मा र धादिङ्ग समाजका अध्यक्ष दिवाकर पाण्डेलाई सिटीले सम्मान गरेको छ ।Image may contain: 1 person

Leave a Reply

Your email address will not be published. Required fields are marked *