टोकियो – नेपाली काँग्रेसका प्रभावशाली युवा नेता गगनकुमार थापा जापान पुग्नुभएको छ । नेपाली राजनीतिमा एक प्रखर बक्ता तथा युवाहरुको माझ चर्चित थापाको प्रमुख आतिथ्यतामा टोकियोमा आईतवार एक विशेष अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।![](http://www.achhamnews.com/wp-content/uploads/2019/03/rtyuio.png)
जाइकाको एक कार्यक्रममा भाग लिन नेता थापा नेपालबाट जापान पुगिसकेका छन । ‘समृद्ध नेपाल निर्माणमा प्रवासी नेपालीहरुको भूमिका’ बिषयमा नेता थापासंग विशेष अन्तरक्रिया कार्यक्रम हुने भएको छ । टोकियो हुने कार्यक्रम आइतवार अपरान्ह साढे एक बजेदेखि टोकियो शिनओकुबोमा हुने कार्यक्रम संयोजक महेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।![Image may contain: 1 person, text](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.0-9/53172704_627807227651000_362762494122393600_n.jpg?_nc_cat=104&_nc_eui2=AeEJLmGc5YBtIVwCdx5D33ZttVOH-OyOi2MJ-A8nht2GbrFLMDkRQ0aIjjv3jF2tHSqOW88W9cF5YJxqSac2XNHr9k_oM_0pszKzKuHNbrvYHg&_nc_ht=scontent-sjc3-1.xx&oh=0fb0327e877cf71f7cefb6c8ce0785fa&oe=5CE230DC)