लस एन्जलस – एनडब्ल्युजीएन लस एन्जलसद्दारा १०९औं महिला दिवसको अवसरमा एक कार्यक्रम आयोजना गर्दैछ । महिलासंग सम्बन्धित, सांस्कृतिक तथा सामाजिक कार्यहरु गर्दै आईरहेको NWGN लस एन्जलस एन्जलस च्याप्टले भोली आर्टेसिया नगरमा हुने कार्यक्रममा उपस्थितीको लागि अनुरोध गरेको छ ।
संस्थाकी अध्यक्ष अमृता गैरेद्दारा प्रेषित वक्तव्य :
सम्पूर्ण लस एन्जलसवासी दिदीबहिनी तथा दाजुभाई एन डब्लू जी एन लस एन्जलस च्याप्टरले अन्तराष्ट्रीय महिला दिवस १०९ औं Balance For Better को नारा लिएर भब्यताका साथ मनाउन लागेको यहाँहरूलाई अवगत गराउदै यहाँहरूको उपस्थितको लागी हार्दिक अनुरोध गर्दछौं ।
अध्यक्ष
अमृता गैरे
एनडब्ल्युजीएन , लस एन्जलस
कार्यक्रम स्थान : तारा हिमालय कुजिन, आर्टेसिया
मिती : मार्च ९, २०१९ शनिवार
समय : बेलुकी ७ देखी ११ सम्म
नारी दिवसकै कारण ‘प्रसाद’ आईतवार :
शनिवार हुने भनिएको नेपाली चलचित्र ‘प्रसाद’ फेरी सरेको छ, तर अन्तिमपटक । Lady’s First भन्ने सर्वव्यापी मान्यतालाई स्विकार्दै ‘प्रसाद’ चलचित्र आईतवार श्रीपशुपतिनाथ बुद्ध मन्दिरमा प्रदर्शन गरिनेछ । पुर्वघोषित प्रदर्शन कार्यक्रम महिला दिदी बहिनीहरुको सम्मानमा आईतवार सारीएको छ । ‘मन्दिरमा प्रसाद आईतवार : ७:३० बजे’ महिला दिवसको शुभकामना !