न्यूयोर्क – कहिल्यै नसुत्ने शहर न्यूयोर्कमा नेपालको चिनारी सगरमाथाको नामबाट ‘माउन्ट एभरेस्ट वे’ राखिने एक घोषणा सभामा उपस्थित भएर कार्यक्रम सफल बनाउन नेपाली समुदायलाई अनुरोध गरिएको छ । एनआरएन अमेरिका, न्यूयोर्क च्याप्टरका अध्यक्ष तथा ‘माउन्ट एभरेस्ट वे’ घोषणा सभाका संयोजक रामहरी अधिकारीले नेपालीको गौरव यो ऐतिहासिक कार्यक्रममा उपस्थी भई सहयोग गरिदिन नेपालएे समुदायलाई आग्रह गरेका छन ।
संयोजक अधिकारीद्दारा जारी बक्तब्य :
अमेरिकावासी सम्पूर्ण नेपालीहरुमा हार्दिक नमस्कार ! सन् २०१९ मार्च ९ तारिख शनिवारका दिन न्यूयोर्क ज्याक्सन हाइटको ७५ स्ट्रिट र ३१ एभिन्यूलाई नेपालको परिचयसंग जोडेर ‘माउण्ट एभरेष्ट वे’ घोषणा कार्यक्रम हुनेबारे यहाँहरु सबैमा जानकारी नै छ ।
माउण्ट एभरेष्ट वे घोषणा कार्यक्रका अवसरमा नेपाल सरकारको बाणिज्य दुतावस तथा नेपाली समुदायको आयोजनामा हुने नेपाली स्ट्रिट फेस्टिवल कार्यक्रम सम्पन्न गर्नका लागि बनेको एउटा कार्यकारी समितिले सम्पूर्ण तयारी पुरा गरेको जानकारी समेत यसै सुचना मार्फत जानकारी गराउँदछौं । काउन्सील म्यान कोष्टा कन्सटानटिनिडेसको बिशेष पहलमा नेपालीहरुको पहिचान र नेपालको परिचय कायम हुनेगरी ‘माउण्ट एभरेष्ट वे’ घोषणा हुँदैछ । यस कार्यक्रमलाई भव्य एवं सभ्य ढंगबाट सम्पन्न गर्नु तपाई हाम्रो दायित्व हो ।
यसर्थ न्यूयोर्क तथा आसपासमा रहनु भएका सम्पूर्ण नेपालीहरुलाई यस कार्यक्रममा सहभागि भई कार्यक्रम सम्पन्न गर्न सहयोग गरी दिनुहुन हामी हार्दीक अनुरोध गर्दछौ ।
यो कार्यक्रम न्यूयोर्क सिटी अर्थात अमेरिकी सरकारको कार्यक्रम भएकाले कार्यक्रमको पूर्ण निगरानी न्यूयोर्क कुईन्सस्थित प्रहरी कार्यलय, प्रिसेन्ट ११५ ले गर्ने भएको छ । कार्यक्रमका दौरानमा केही असभ्य कृयाकलाप हुन गएमा नेपाली समुदायको समेत दायित्व हुनेछ ।
यसर्थ; न्यूयोर्क, कुईन्सस्थित प्रहरी कार्यलय, प्रिसेन्ट ११५ ले कार्यक्रम अवधीभर न्यूयोर्क सिटी काउन्सिल कार्यलय र माउण्ट एभरेष्ट वे घोषणा गर्ने कार्यक्रमलाई असर पुग्ने कुनै पनि कृयाकलाप नगर्न आग्रह गर्दै पत्राचार गरेको समेत यहाँहरु सबैमा जानकारी गर्दछौं ।
कार्यक्रम सम्पन्न गर्नका लागि आवश्यक सहयोग गरी दिनुहुन हार्दीक अनुरोध गर्दछौं ।

Nepali Street Festival
In the occasion of “Mount Everest Way” Street Co-naming Ceremony
Date: March 9th 2019, Saturday (Time: 12:00 PM to 5PM)
Venue: 75th Street (Between 31st and 30th Ave), Queens, NY 11370
Program schedule:
9:00 AM: Street set up
12:00 PM: Guest Arrival and social Networking
1:00 PM: Street Co-naming Ceremony hosted by New York City council member Costa Constantinides
2:00 PM: Culture program organized by Consulate General of Nepal and Nepali Community in New York
सांस्कृतिक कार्यक्रम तालिका :
# स्वागत मन्तब्य: राज कुमार बिष्ट, संयोजक तथा सांस्कृतिक तथा झाँकी समिति
# सांस्कृतिक कार्यक्रम सञ्चालक: बिमल डाँकी/दिपेन्द्र लामा
-युनाईटेड शेर्पा एशोशिएशन अमेरिका (शेर्पा किदुक रिक्स्यूङ स्कुल) नेपाली तथा अमेरिकन राष्ट्रिय गान प्रस्तुत तथा स्याप्रो नृत्य
– लो- न्याम्सिप एशोशिएशन अमेरिका उपल्लो मुस्ताङ (स्वागत,शुभकामना सिङगे नृत्य )
– रिजुवड नेपाली सोसाईटी अफ अमेरिका (समुहीक नृत्य)
– किरात राई सोसाईटी अफ अमेरिका (किरात जातिको महान पर्व सकेला नृत्य र धुन)
– तमु प्ये ल्हु संघ न्युयोर्क अमेरिका (पौराणीक नृत्य छयाँडु ,तमु ह्युला छयाडु)
– मुस्ताङ किदुग यु.एस ए (शुभकामना टसी देलेक सामुहिक नृत्य)
– तामाङ सोसाईटी अफ न्युयोर्क (सेलो नृत्य)
– किरात याक्थुङ चुमलुङ अमेरिका (च्याब्रोङ नृत्य)
– नेवा गुठी न्युयोर्क (कुमारी नृत्य, लाखे नाच)
– म्याग्दी समाज अमेरिका (पन्चै बाजा)
– ढोक्प्या किदुग अमेरिका (सामुहिक नृत्य)
– तामाङ समाज अमेरिका (सेलो नृत्य)
– ल्वाङ आईल्याड नेपली सोसाईटी अमेरिका (नेपाली सामुहिक नृत्य)
– सकेला बाँसुरी धुन (जय कुमार राई/ज्वाई लुङ राई
– धादिङ समाज अमेरिका (नृत्य)
– ग्याल्सुम्दो सेवा संस्था अमेरिका (नृत्य)
– मगर संघ अमेरिका (सामुहिक नृत्य)
– गुरुङ (तमु) सोसाईटी अफ अमेरिका
– लोक दोहोरी, गायक बिमल डाँगी

4:15 PM: Honor and Appreciation Certificate distribution by Consulate General of Nepal, NY
4:30 PM: Closing Remarks
4:45 PM: Dismissal and street cleaning
____________________________________________
रामहरी अधिकारी
अध्यक्ष, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका, न्यूयोर्क च्याप्टर
संयोजक
“माउण्ट एभरेष्ट वे” घोषणा समारोह समिति