२०८१ साउन १२ गते | 27th of July 2024

ब्रिटिश लाहुरे बन्न झरेका जिसी महानगरको मेयर

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ १३ गते ४:१८

प्रकाश ढकाल
पोखरा, १३ जेठ ।
मान बहादुर जिसीको जन्म २०१७ साल भदौमा साविक कालिका गाविसमा भएको हो । २०३७ सालदेखि अनेरास्ववियु सदस्य हुँदै राजनीति सुरु गरेका जिसीले गणित र स्वास्थ्य विषयमा स्नातक तह पास गरेका छन् । कलेज पढ्दा पिएन क्याम्पसको प्रारम्भीक कमिटी हुँदै अखिल जिल्ला सदस्य भए । उनी २०३९ सालमा पृथ्वीनारायण क्याम्पस अनेरास्ववियु प्राकको अध्यक्ष बनेका थिए । त्यसपछि २०४१ सालमा नेकपा माले पार्टीको सदस्यता लिएका थिए ।
नेकपा एमाले कालिका गाउँ कमिटीको सचिव, ४ नम्बर इलाकाको पार्टी सचिव, क्षेत्र नम्बर १ को सचिव हुँदै जिसी २०४९ सालमा नेकपा एमाले जिल्ला संगठन कमिटीको सदस्य भएका थिए । सोही बेला क्षेत्रीय कमिटी संयोजक समेत भएर काम गरे । २०५३ मा चांैथो जिल्ला अधिवेशनवाट निर्वाचित जिल्ला सदस्य २०५४ मा एमाले जिल्ला कमिटी कास्कीको उपसचिव, पाँचौ जिल्ला अधिवेशनवाट पुन  दोश्रो पटक उपसचिव बने । २०५८ देखि २०६० सम्म २ वर्ष पार्टीको जिल्ला सचिव (पार्टी प्रमुख) को जिम्मेवारी सम्हाले भने आठौं (२०६६) जिल्ला अधिवेशनवाट अध्यक्षमा निर्वाचित भएर ४ बर्षसम्म काम गरे ।
उनी हाल नेकपा एमाले केन्द्रीय कमिटी वैकल्पिक सदस्य एवं कास्की जिल्ला इन्चार्ज छन् भने एमाले ४ नम्बर प्रदेशको कार्यालय सचिवको रुपमा कार्यरत छन् । जिसी बहुदलपछिको दुईवटै स्थानीय चुनावमा कालिका गाविसबाट गाविस अध्यक्ष निर्बाचित भएका थिए । २०४९ र २०५४ मा अध्यक्ष निर्वाचित भएपछि उनी गाउँ विकास समिति राष्ट्रिय महासंघको सचिवालय सदस्यको रुपमा हालसम्म काम गरिरहेका छन् । अघिल्लो संविधानसभा चुनाव २०७० मा कास्की क्षेत्र नम्बर एक बाट एमालेको प्रत्यक्ष तर्फका उम्मेदवार हुन् । काँग्रेसका तत्कालीन सभापति यज्ञ बहादुर थापासँग झिनो (२७२) मतले पराजित भएका थिए ।
यसबाहेक जिसी नेपाल रेडक्रसको आजीवन सदस्य हुन् भने दुई कार्यकालसम्म शाखाको अध्यक्ष भएर काम गरेका थिए । उनी २०३६ सालमा रत्नशोभा निमावि र २०४१ मा तत्कालीन कालिका गाउँ पञ्चायतको बमचन्द्रकला प्राविमा शिक्षक शिक्षकको जागिरे थिए । जिसीले तीन महिना कास्की जिल्ला सुकुम्वासी समस्या समाधान आयोगको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । देशमा लोकतन्त्र स्थापनाका लागि २०६२/०६३ मा भएको शान्तिपूर्ण जनआन्दोलनको नेतृत्व गरेकै कारण जिसीले ६२ दिनसम्म हिरासतमा बस्नुपरेको थियो । उनी सुरुमा व्रिटिश लाहुरे बन्नका लागि पोखरा झरेका थिए । एक पटक लाहुरेमा देखाएपनि । तर गोराहरुले पत्याएन । जनताको मन जिते र ३९ बर्षपछि पोखरा महानगरपालिकाको मेयर बने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *