२०८१ माघ २४ गते | 6th of February 2025

भर्जिनियामा महापुराणका लागि टाउन हल बैठक सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७५ फागुन २७ गते २३:२२

भर्जिनिया – फेयरफ्याक्स भर्जिनियामा डिसी मेट्रो सप्ताह महापुराण र सामुदायिक केन्द्र निर्माणका लागि नेपाली समुदायका बीचमा भएको दोस्रो टाउन हल मिटिगंले निम्न निर्णयहरु गरेको छ।

१) निक्कै लामो समयदेखी विभिन्न चरणमा भएका छलफल अन्तरकृया र सुझावहरुको संकलन पछी Bylaws तयार गर्ने समितिले तयार गरी अन्तिम रुप दिएको Bylawsलाई आजको टाउन हलमा आएका सुझावहरु सहित पारित भयको छ।

२) प्रस्तावित विभिन्न नामहरु मध्ये भोटिगं प्रकृयाद्वारा प्राप्त सुझावमा आधारित भई ‘नेपाली अमेरिकी सामुदायिक केन्द्र’ Nepali American Community Centre (NACC) नामलाई आजको टाउन हलबाट पारित भयको छ।

३) भियना फेयरफ्याक्स रही नोर्दन भर्जिनिया डिसी मेट्रो क्षेत्रमा करिब ५ दशक देखि बिभिन्न सामाजिक सास्कृतीक गतिबिधीमा योगदान पुर्याउंदै आउनु भएका प्रतिष्ठित समाजसेवी डा. बिष्णु पौडेललाई सल्लाहकारमा चयन गर्ने निर्णय गरीयो।

४) त्यसैगरी दसकभन्दा लामो समयदेखी नेपाली समुदायमा विभिन्न सास्कृतीक गतिबिधीमा योगदान गर्दै आउनुभएका श्री अरुण रुपाखेतीलाई यस डिसी मेट्रो सप्ताह महापुराण आयोजक समितिको संयोजक चयन गर्ने निर्णय गरियो।

५) ‘सबै उठौं सबै जुटौं, यो अभियानमा कोही पनि नछुटौं’ नारा सहित शुरु भएको यो अभियानमा गोलबद्ध हुन महिला, युवा, मधेशी, जनजाती सबै समुदायको व्यापक सहभागिता खोज्नका लागि विभिन्न समुहमा विभिन्न सिटी र समुदायमा गई अन्तरकृया गर्ने सुझाव आएको हुँदा त्यसलाई कार्यान्वयन गर्ने निर्णय गरियो।

तीन घन्टा भन्दा बढी समय चलेको यस टाउन हल मिटिगंमा उठेका सबै जिज्ञासा एवं प्रश्नहरुको सम्बन्धीत व्यक्तीहरुबाटै समाधान गर्दा कार्यक्रम निक्कै रोचक एवं अन्तरकृयात्मक बनेको थियो।
Chat Conversation End
Type a message…

Leave a Reply

Your email address will not be published. Required fields are marked *