२०८१ असोज २६ गते | 12th of October 2024

दुबै मिर्गौला गुमाएका अमृत भट्टराईलाई सहयोगको याचना

खुल्लामन्च
 प्रकाशित: २०७५ फागुन २८ गते २२:२९

सान फ्रान्सिस्को – एउटा सपना बोकेर आएर नेपाली यूवा बेसाहरा भएर क्यालिफोर्निया राज्यको सान-फ्रान्सिस्को शहरको एउटा अस्पातलमा जीवन मरणको दोसांधमा छन । गोरखा जिल्ला भिमसेन थापा गाउँ पालिका वडा नं.१ साविकको मसेल गा.बि.स. निवासी अमृत भट्टराई केहि बर्षदेखि क्यालिफोर्नियाको राज्यको सान् फ्रान्सिस्कोमा बसोबास गर्दै आईरहेका छन ।

जन्मभुमीको दुरदराजबाट सपना बोकेर उच्च शिक्षाको प्रमाण-पत्र लिएर, प्रविधीको नगर सिलिकन भ्यालीमा जागिरे भएर आफु आउंदा लागेका ॠण तिरेर परिवारको मुख हांसो सजाउने अमेरिका आएका भट्टराई साधारण कामकाज जिन्दगी धान्दै आएका थिए । अमेरिका आउनुअघि गोरखा जिल्लाको मध्य उत्तरी क्षेत्र घ्याम्पेसालमा रहेको श्री दुल्लभ मा.बि.बाट विद्धालयस्तरको शिक्षा समाप्तीपछी उच्च शिक्षा र रोजगारी दुबैको निम्ति काठमाण्डौ प्रवेश गरेका भट्टराई शिक्षा संगै पर्यटन सेवामा संलग्न भए थिए ।

जीवन धान्न धौ-धौ महँगो काठमान्डौंमा लामो समय बिदेशी पर्यटकलाई पथ प्रदर्शन ‘टुरिस्ट गाईड’ काम गरेका भट्टराई जीवनको एउटा रहर, हल्लाको सपनाको शहर अमेरिका आए । केहि बर्ष यतादेखि सान् फ्रान्सिस्को काम गर्दै बसोबास गरिराखेका भट्टराई दुबै मिर्गौलाले काम नगरे गम्भिर रोगबाट हाल सान्-फ्रान्सिस्कोमा उपचाररत छन ।

अत्यन्त महंगो उपचार खर्च लगायत ब्यक्तिगत एवम पारिवारिक समस्याले आक्रान्त भट्टराइको जीवन बचाउन दुबइ मिर्गौलाको आवश्यकता पर्दछ । सग्लो जीवन मृत्‍युपर्यन्त मिर्गौला दान गर्ने घोषणा गरेका मान्छेका मिर्गौला मात्र उनले प्राप्त गर्न सक्नेछन । भट्टराईको उपचार सेवामा रातोदिन लागेका उनका समाजसेवी गाउंले विश्व भट्टकानुसार उनले दुबै मिर्गौला प्राप्त गर्न अमेरिकाभर यसै समस्याले उपचाररत करिब ८७००० (सतासी हजार ) बिरामी पछी उनको पालो आउनेछ । ‘यो भन्दा बरु अमेरिकामा पढ्ने र अगाडी बढ्ने उनको सपना भन्दा भारतमा लगेर उपचार गराउन बढी श्रेयस्कर हुने हुनाले हामी उपचार खर्चको जोहो गरेर भारत पठाउने निर्णयमा पुगेका छौं’ भट्टले बताए ।

‘गोर्खामा जन्मिएर मात्र होईन, प्रवासमा एउटा नेपालीलाई परेको यो आघातमा मल्हम लगाउनु हामी सबैको कर्तब्य हो’, बिरामी भट्टराईका अर्का मित्र सामाजिक अभियान्ता हेमराज भट्टले बताए । ‘सामुदायिक सेवा र रवाफका लामा भाषण गर्ने समाजसेवीहरुको आवश्यकता छ, भट्टराईलाई । गोर्खामा जन्मेको हाम्रो गाउंले भाई भएर मात्र म यो भनिरहेको छैन । एक छाक काटेर सहयोग गरिदिनुहुन अमेरिकाभरका सामाजिक अभियान्ताहरुलाई मेरो बिनम्र अनुरोध छ । एक थुक सुकी, सय थुक नदी’, भट्ट अगाडी थप्छन ।

भारतमा यो उपचार सम्भव र काम खर्चिलो हुंनेहुंदा भट्टराईलाई भारत उपचार गर्न करिब पचास  लाख रुपैंयाको आवश्यकता पर्नेछ । गोफन्ड मार्फत करिब १० लाख रकम जम्मा भएको तर गोफन्ड लिन्क छिट्टै बन्द गनुपर्ने बाध्यता भएकोले एक हप्ताभित्र यत्रो रकम जुटाउन सबैको सहयोगको आवश्यकता छ । अमेरिकामा बढ्दो नेपाली घनत्वसंगै यस्ता समस्याहरु आउंदछन, बिभिन्न राज्यहरुमा । तर मन हुनेले मात्र एक छाक काटेर समस्याले आक्रान्त परेकाहरुलाई एकै छेउ सहयोग गरिदिए पनि थोरै थोरै संकलनले धेरै हुनेछ, र समस्यामा रहेकाहरुलाई ठुलो राहत पुग्नेछ ।

आनुहोस्, दुबै मिर्गौला गुमाएर जीवन गुमाउने दोसांधमा रहेका भट्टराईको आंखामा सम्भावनाका किरणहरु दिऔं, सकेको थोरै सहयोग गरौं । बांकी जीवन उनले जिउनेछ, बिचरा ।

सहयोगको लागि गोफन्डको तलको क्लिक थिच्नुहोला :

अमृत भट्टराईको जीवन रक्षाका लागि सहयोग गर्नुहोस्

20 thoughts on “दुबै मिर्गौला गुमाएका अमृत भट्टराईलाई सहयोगको याचना

Leave a Reply

Your email address will not be published. Required fields are marked *