लस एन्जलस – हिन्दूहरुको रंगहरुको पर्व होली यसपाली पनि लस एन्जलसमा धुमधामका साथ मनाईने भएको छ । मधेसी एशोसियशन, क्यालिफोर्निया च्याप्टरको भव्य आयोजनामा आगामी मार्च महिनाको १७ तारिखका दिन स्थानिय आर्टेसिया पार्कमा मनाईंदैछ ।
आफ्नो च्याप्टर स्थापनाको प्रथम बर्ष लस एन्जलसमा गत बर्षदेखी फागु-पुर्णिमा पर्व मनाउन शुरु गरेको संस्थाले नेपाली धर्म, संस्क्रिती र उल्लासको रंग पर्वको निरन्तरता स्वरुप ‘होली पर्व’ मनाउन लागिएको संस्थाका अध्यक्ष दिनेश शाहले बताए । बर्षभरिको तनाव, जाडोले कठ्यांग्रिने मन र समर सिजनको शुरुवातसंगै रंग छरेर परदेशमा खुशी सांट्न उक्त कार्यक्रममा उपस्थिती भईदिन ग्रेटर लस एन्जलसवासीलाई अध्यक्ष शाहले अनुरोध गरेका छन ।
https://www.facebook.com/CreationfromHollywood/videos/645688715886400/
VIDEO : S RAJ Production
यसैगरी यसपालीको होली कार्यक्रममा नेपाल अमेरिका एकता समाजले पनि मधेसी एशोसियशनसंग हातेमालो गरेको छ । ‘प्रवासमा एकै कार्यक्रम भिन्न-भिन्न संस्थाले गर्दा सहभागीता र कार्यक्रम रौनकको मिठास नआउने हुंदा हामी अबदेखी लस एन्जलसमा बिभिन्न कार्यक्रमहरु संयुक्त रुपमा गर्ने थालनीस्वरुप यसपालीको रंगपर्व संयुक्त रुपमा हातेमालो गरेका हौं । यस्ता हातेमालोले निरन्तरता पाउनेछ,’ समाजका अध्यक्ष चन्द्र सिवाकोटीले बताए ।
सुनिल साह लगायत एनआरएन निर्वाचनका आकांक्षीहरु लस एन्जलस आउने :
एनआरएन अमेरिका निर्वाचनका लागि गत हप्ता टेक्सासमा भब्य कार्यक्रम गरी अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका वर्तामान वरिश्ठ उपाध्यक्ष सुनिल साह लस एन्जलस आउंदैछन । च्याप्टरले आयोजना गरेको होली कार्यक्रम मार्फत साहले पहिलोपटक लस एन्जलसबाट कार्यक्रमको प्रमुख अतिथीको रुपमा चुनावी प्रचार यात्राको श्रीगणेश गर्दैछन । 
एनआरएन अमेरिकामा अध्यक्ष डा. केशव पौडेल पछी सबैभन्दा धेरै राज्यहरु घुम्ने पदाधिकारीहरुमा दोस्रो नम्बरमा पर्ने साहले हिन्दूहरुको पर्व, त्यसमाथी तराईमा अझ बिशेष रुपमा मनाईने होलीको सप्तरंगी रंगहरुसंगै आफ्नो चुनावी प्रचार यात्रा शुरु गर्न लागेका छन । अध्यक्ष पदका सबैभन्दा बलिया प्रत्यासी मध्यका एक साह सामुदायिक कार्यक्रहरुक सहभागीता र सेवकआ लागि दयालु मानिन्छन ।
साहसंगै आईसीसी सदस्य पदका सम्भावित उम्मेद्वारहरु ईन्दिरा त्रिपाठी, स्वराज खाती, उपाध्यक्ष पदका प्रत्यासी रामबाबु पाण्डे, क्यालिफोर्निया च्याप्टरका लागि अध्यक्ष पदका प्रत्यासी सुरेन्द्र मल्ल, उपाध्यक्ष पदका प्रत्यासी सर्वज्ञ वाग्ले, सदस्य पदका प्रत्यासी रोशन अधिकारी लगायतका आकांक्षीहरु लस एन्जलसमा आयोजना हुने होली कार्यक्रममा सहभागी हुंदैछन ।

कार्यक्रमबारे जानकारी :
मिती : मार्च १७, २०१९, आईतवार
स्थान : आर्टेसिया पार्क
18750 Clarkdale Ave,
Artesia, CA 90701
समय : मध्यान्ह १२ बजेदेखी अपरान्ह ४ बजेसम्म
संपर्क : दिनेश शाह
फोन : 562 – 650 – 5267