लवक – अमेरिकाका विभिन्न शहरहरूमा होली पर्व मनाउनेक्रममा टेक्सासको लवक शहरमा पनि यहॉका नेपालीहरूले होली उत्सव मनाएका छन् । होलीपर्वको पूर्व सन्ध्यामा यहॉस्थित टेक्सास टेक युनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थीहरूको पहलमा होजेज पार्कमा उनीहरू जम्मा भई आज आईतबारका उक्त पर्व मनाएका हुन् । जीवनलाई सप्तरंगी वनाउदै उत्साह एवं हर्षोल्लासमय वनाउने उद्देश्यले यो पर्व मनाउने गरिन्छ । ![](https://i1.wp.com/www.nepalesediaspora.com/wp-content/uploads/2019/03/2-10.jpg?resize=768%2C1024)
सातसमुद्रपारी होली पर्व मनाउन पाएकोमा निकै खुशी लागेको वताउदै खुलेर सप्तरंगी भावनाको आदान-प्रदान गर्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको उक्त आयोजनाका पहलकर्ता विद्यार्थी कुशल अधिकारिले बताए । टेक्सास टेक विश्वविध्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूको संगठन नेपाल विद्यार्थी संघ- टेक्सास टेकका अध्यक्ष समेत रहेका अधिकारीले आयोजनालाई संस्थागत भन्दा स्थानिय समुदायकै तर्फबाट सहभागिता जनाउने गरि अनौपचारिकरूपमा कार्यक्रम तय गरिएको वताए ।
![](https://i1.wp.com/www.nepalesediaspora.com/wp-content/uploads/2019/03/4-5.jpg?resize=800%2C600)
सातसमुद्रपारी यसरी होली मनाउनु मनोरन्जनसाथै जन्मभूमीको कलासंस्कृतिप्रतिको सम्मान रहेको लवकस्थित नेपाली समाजका पूर्व अध्यक्ष वरिष्ठ वैज्ञानिक माधव पाण्डे वताए । सातसमुद्रपारीको एउटा सानो शहर भएपनि यहॉका नेपालीहरूको नेपाली सॉस्कृतिप्रतिको भावना निकै सम्मानयोग्य रहेको पत्रकार एवं नेपाल अमेरिका पत्रकार संघका निवर्तमान अध्यक्ष भोला आचार्य वताउछन् ।![](https://i0.wp.com/www.nepalesediaspora.com/wp-content/uploads/2019/03/5-4.jpg?resize=800%2C600)
एकअर्काबीच होलीपर्वको अबसरमा यहॉका नेपालीहरूले शुभकामना आदान-प्रदान गर्दै खुशी साटासाट गरेका थिए । मेलमिलापको भावना व्यक्त गर्ने यसखालका पर्वहरूले यहॉका नेपालीहरूलाई एकतामा बॉध्नेमात्र होईन जन्मभूमिप्रतिको संम्झना र सम्मान दर्शाउने गरेका छन् । लवक शहरमा २/३ सय नेपालीहरूको बसोबास रहेको वताईन्छ ।
![](https://scontent-dfw5-2.xx.fbcdn.net/v/t1.15752-9/54434481_2023407531286610_1590638260445511680_n.jpg?_nc_cat=105&_nc_ht=scontent-dfw5-2.xx&oh=d7a4af74a9fab76550b4ed8ed95fd921&oe=5D03B073)