२०८१ वैशाख १५ गते | 27th of April 2024

डा. बन्जाडेद्दारा एनआरएनएको अध्यक्ष पदमा उम्मेद्वारी घोषणा

खुल्लामन्च
 प्रकाशित: २०७५ चैत १३ गते १७:१४

टेक्सास – एनआरएन अमेरिकाको आगामी २०१९-२१ को लागि अध्यक्ष पदमा फोर्ट वर्थ टेक्सास निवासी डाक्टर प्रोफेसर अर्जुन बन्जाडेले उम्मेद्वारी घोषणा गरेका छन । बेड्फ़ोर्ड स्थित स्थानीय फिस्टेल रेस्टुरेन्टमा आयोजित बिशेष समारोहमा उक्त घोषणा गरिएको हो । स्थानिय संघसंस्थाका प्रतिनिधि, पत्रकार एबम जनसमुदायको उल्लेख्य उपस्थितिमा डाक्टर अर्जुन बन्जाडेले आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन ।Image may contain: 1 person

घोषणाको क्रममा डाक्टर अर्जुन बन्जाडेले आफ्नो पृष्ठभूमि, भावी योजना बारे खुलस्त पार्ने काम गरे । एनआरएनएमा अहिले देखिएका समस्या समाधानदेखि नयाँ योजना र कार्ययोजनाहरु समेत प्रस्तुत गरे । सेवाकै लागि जाने भए पनि ढंग पुराएर काम गर्न नसक्दा एनआरएनले समस्या भोग्नु परेको बताउंदै डा. बन्जाडेले एनआरएनको अभियानमा केहि गर्ने हो भने साधन र श्रोतको अभाव नभएको र उचित व्यक्ति उचित ठाउँमा हुने हो भने धेरै काम गर्न सकिने तर्क राखे ।Image may contain: 10 people, including Bikash Raj Neupane and Keshav Lamichhane, indoor

घोषणा कार्यक्रम भनिए पनि यो नितान्त अनौपचारिक रुपमा संचालन गरिएको थियो । दिनेश शर्माले संचालन गरेको कार्यक्रममा उम्मेदवारको धारणा पश्चात पत्रकार एबम स्थानीय व्यक्तिहरुले आफुलाई लागेका जिज्ञासाहरुका डा. बन्जाडेले उत्तर दिएका थिए । नेपाली जनसमपर्क समिती अमेरिकाका संस्थापक मध्यका एक डा. बन्जाडे एनआरएनएको वर्तमान कार्यसमितिमा सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएका पात्र हुन ।Image may contain: 13 people, including Kapil Adhikari, Krishna Lamichhane, Nanda Regmi and Suraj Bhandari, people sitting

डाक्टर केशव पौडेल अध्यक्ष रहेको वर्तमान कार्यसमितिको समयाबधिको अन्त्यतिर आइपुग्दा नयाँ निर्बाचनको तयारी भैरहेको बेला वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष सुनिल शाह, पुर्व बोर्ड सदस्य सुर्य लम्साल, कार्यसमिती सदस्य संजय थापाले अध्यक्ष पदका लागि आ-आफ्नो उम्मेद्वारी घोषणा गरिसकेका छन ।Image may contain: 7 people, including Shuvendra Ranabhat and Uma Karki Thapa, people smiling, people sitting and indoor

स्रोत : USANDNEPAL

Leave a Reply

Your email address will not be published. Required fields are marked *