२०८१ वैशाख २१ गते | 3rd of May 2024

साथ, विश्वास र परिवर्तनका ज्वारभाटा ल्याउनेछु : उपाध्यक्ष उम्मेद्वार घिमिरे

खुल्लामन्च
 प्रकाशित: २०७५ चैत १३ गते २०:१३

शिकागो – एनआरएन अमेरिकाको आगामी निर्वाचनमा आ-आफ्नो उम्मेद्वारी घोषणा गर्ने क्रमसंगै अमेरिकाको मिडवेस्ट क्षेत्रबाट चर्चित सामाजिक अभियान्ता बाला घिमिरेले उपाध्यक्ष आफ्नो उम्मेद्वारी घोषणा गरेका छन । उपाध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा कार्यक्रममा सिकागोलाई बिगत लामो समयदेखी कर्म क्षेत्र बनाउंदै सामाजिक अभियानमा निरन्तर लागिपरेका समाजसेवी घिमिरेले प्रवासी अमेरिकी नेपालीहरुविचका सवै दु:ख सुखमा साथीका रुपमा आफु र एनआरएनएलाई अघि बढाउनु आफ्नो प्रमुख एजेन्डा रहेको बताए । ‘नपुग्ने सपना बांड्न होईन, गर्न सकिने समाजसेवा हाम्रो एजेन्डा हुनुपर्दछ’ घिमिरेले आफ्नो उम्मेद्वारी घोषणा कार्यक्रममा बताए ।

‘जहाँ नेपालीलाई समस्या, त्यहां साहारा एनआरएनए’ गृहनगर सिकागोमा आयोजित कार्यक्रममा आफ्नो महत्वाकांक्षी नारा प्रस्तुत गर्दै उपाध्यक्ष पदका उम्मेद्वार घिमिरेले एनआरएनप्रति अमेरिकामा रहेका सवै नेपालीको बिश्वास जगाउन आफु आईसिसी पदको उम्मेदवार भईसकेपनि सामुदायिक सेवाका लागी यसपाली उम्मेद्वारको रुपमा एनआरएनए रोजेको प्रष्ट्याए ।Image may contain: Bala Ghimire, closeup

सिकागो क्षेत्र मात्र होईन अमेरिकामा दु:ख परेका नेपालीका अभिभावकका रुपमा आफूलाई स्थापित गरेका समाजसेवी घिमिरेले अमेरिकामा आपसी खिचातानी, राजनीतिक मुद्दा र आरोप, ब्यक्तिगत टकराव भन्दा एनआरएन अमेरिकालाई सवैको साझा संस्थाका रुपमाअघि बढाउनका लागि होजी पनि आफु लागेको र यही उम्मेद्वारीबाट औपचारिक रुपमा आफु पून: सेवामा होमिएको बताए । ‘चुनाव जिते सामाजिक सेवा, हारे झनै सकृयता बढाउंछु’ घिमिरेले बताए ।

‘ब्यक्तिगत खर्चमा भएपनि मिडवेस्ट क्षेत्रमा एनआरएनएको क्षेत्रीय कार्यालय स्थापना गराउंछु । केन्द्रिय कार्यालयको ब्यबस्थापन त छदैंछ अहिलेसम्म जे बोलेको छु, पुराएर छाडेको छु । पुग्ने कुरा बोल्छु, जुन बोलीलाई जनमानसले पत्त्याओस । नपच्ने कुरामा राजनैतिक लेपन लगाउनुहुन्न’, उम्मेद्वारी घोषणा कार्यक्रममा घिमिरेले बताए । ‘हेल्प डेस्कको विस्तार, हट्लाईनको सकृयता, समग्र अमेरिका र बिशेषत: मिडवेस्ट क्षेत्रका नेपालीका दैला-दैलामा एनआरएन परिचय पत्र, सामुदायिक केन्द्रको स्थापना लगायतका सामाजिक सरोकारका बिषयमा मेरो ध्यान र ज्यान लागिपर्नेछ’, घिमिरेले बताए ।

करिव ४ लाख नेपाली रहेको अमेरिकामा जम्मा ९ हजार जनाले मात्रै एनआरएनको सदस्यता लिनु निकै दुखद कुरा भएको जनाउंदै घिमिरेले अव अमेरिकामा रहेका सवै नेपालीको साझासंस्थाका रुपमा एनआरएनलाई बिकसित गर्दै आकर्षण बढाउने उपाय आफुसंग भएको बताए । ‘अमेरिकामा रहेका सवै नेपालीको साझा संस्थाका रुपमा अघि बढाउँदै एनआरएन अमेरिकालाई राजनीतिक उदेश्य नभई समाजसेवी संस्थाका रुपमा अघि बढाउने र कुनै पनि नेपाली समस्यामा परेको अवस्थामा तत्कालै उद्धार गर्ने र सहयोग गर्ने काम गरी सवैको बिश्वास जित्ने कोशिषका लागि म उम्मेदवार बनेको हो, यो समाजसेवी संस्था भएकोले त्यसै अनुसार अघि बढाउन सवैसँग हातेमालो गर्ने मेरो योजना रहेको छ,’ घिमिरेले बताए ।

घिमिरेले मातृभूमी नेपालमा लगानीको संभावनासहित नेपाली पर्यटन बिकासका लागि पनि एनआरएनलाई सहयोगी संस्थाको रुपमा अघि बढाउन आफुले भूमिका बताए । अमेरिकामा मिडवेस्ट क्षेत्रका लागि नेपाल सरकारद्दरा मनोनित पर्यटनदुत समेत रहेका घिमिरेले उपाध्यक्ष पदमा चुनाव जितेमा नेपालीका घर कोठामा सदस्यताका आवेदनहरु हातैले आँफैले पुर्याउने अभियान थाल्ने बताए ।Image may contain: 2 people, including Bala Ghimire, people smiling, suit and indoor

‘९ हजार मात्रै सदस्यता हुने हैसियत अमेरिकाको होईन । चुनावी खेलका कारण सदस्यतामा राजनिती हुँदै आएकोजस्तो देखियो, झण्डै ४ लाख नेपाली अमेरिकामा रहेको अवस्थामा ९ हजार मात्रै मेम्बरसिप हुनु दुखको बिषय हो’ घिमिरेले बताए । सिकागोस्थित मेयर एडभाईसरस्का बोर्ड सदयस्य घिमिरेले एनआरएन आइसीसीका विभिन्न टाक्स फोर्समा समेत काम गरिसकेका छन ।

भ्रष्टचार बिरोधी कार्यक्रमका अभियान्ता तथा हेम सरिता फाउण्डेशनका संरक्षक हेम पाठक,  प्रेस चौतारी, नेपालका अध्यक्ष गणेश बस्नेत, एन्माका संस्थापक सोहन खतिवडा, एन्माका अध्यक्ष बलराम पन्थी, सिएनएफएसका अध्यक्ष टेकराज पौडेल लगायत सिकागोस्थित नेपाली समुदायका प्रमुख एवम प्रतिनिधीहरुले घिमिरेलाई विजयका लागि शुभकामना दिएका थिए भने कार्यक्रमको संयोजन डा. दिवाकर दाहालले गरेका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *