२०८१ वैशाख २१ गते | 3rd of May 2024

कनेक्टिकट नेपाली समाजमा जितेन्द्र बस्नेत निर्वाचित

खुल्लामन्च
 प्रकाशित: २०७५ चैत १४ गते ०:२१

केपी भट्ट /कनेक्टिकट – प्रवासमा नेपाली संस्थाहरु जन्मने र विस्तार हुने क्रमसंगै अमेरिकाको कनेक्टिकट राज्यमा रहेका नेपालीहरुको साझा संस्था नेपाली समाज कनेक्टिकटको नयाँ कार्यकाल (२०१९-२०२०)का लागि अध्यक्षमा पदमा जितेन्द्र बस्नेत निर्वाचित भएका छन । हालै सम्पन्न संस्थाको निर्वाचनमा अध्यक्ष पदका अर्का प्रतिस्पर्धी नारायण पौडेललाई पराजित गर्दै बस्नेत निर्वाचित भएका हुन ।

कुल मतदाता संख्या ५६७ रहेको नेपाली समाज कनेक्टिकटमा भएको निर्वाचनमा जम्मा ५१४ मत खसेको थियो । जस मध्ये निबार्चित बस्नेत ले ३२९ मत प्राप्त गरेका थिए भने अर्का प्रतिस्पर्धी नारायण पौडेलले १८० मत प्राप्त गरेका थिए । ५ मत बदर भएको निवार्चन समितिले जानकारी दिएको थियो ।

संस्थाको उपाध्यक्षमा जय राई, सचिबमा भद्रा राई, सह कोषाध्यक्षमा कुलदेव अधिकारी, सह-सचिबमा रविन तुम्बाफे, युथ कोडिनेटरमा विधान अधिकारी, सदस्यहरुमा रिन्कु श्रेष्ठ र सुवास बुढ़ाथोकी निर्विरोध निर्वाचित भएका छन । नव-निर्वाचित अध्यक्ष बस्नेतले आगामी दिनमा सबैसंग हातेमालो गरेर गतिशिलताका साथ संस्थालाई नयाँ ढंगबाट जुझारु बनाएर लैजाने प्रण गरेका छन । निर्वाचनमा पराजित भए पनि अध्यक्ष पदका अर्का प्रत्याशी पौडेलले सहमती मै संस्थाको सेवामा लाग्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *