२०८१ वैशाख २१ गते | 3rd of May 2024

मृगौला रोग पिडित अमृत भट्टराईलाई नेजस वेष्ट टेक्सास च्याप्टरद्दारा एक हजार डलर आर्थिक सहयोग

खुल्लामन्च
 प्रकाशित: २०७५ चैत १४ गते ०:५४

टेक्सास – जीवन मरणको दोंसांधमा आफ्ना सुनौला सपनाहरु मारिरहेका गोरखाका अमृत भट्ट्रराईलाई नेपाली जनसम्पर्क समिति अमेरिका, वेष्ट टेक्सास च्याप्टरले उनको दुबै मृगौला असफल उपचारका लागि १ हजार डलर सहयोग गरेको छ । दुबै मृगौला असफल उपचारका लागि भई क्यालिफोर्नियाको सान् फ्रान्सिस्कोमा उपचारत भट्टराईको सहयोगका लागि नेपालली कांग्रेस, गोरखा अमेरिका सम्पर्क समितिको नाममा खोलिएको गो फण्ड मि एकाउन्टमा नेजस, वेष्ट टेक्सासका मनकारीहरुले नेपालीलाई परेको समस्यामा संस्थागतरुपमा जुट्नुपर्छ भन्ने हेतुले भट्टराईको उपचारमा सरलता होस् भन्ने हेतुले सहयोग रकम हस्तातरण गरेको छ ।

संस्थागत लडाईंंको चपेटामा फसेको बे एरियामा नेपालीहरूका कैयौं सामाजिक संस्थाहरू सकृय छन् । धेरै संस्थाको प्रमुख उदेश्य भनेकै प्रवासी नेपालीको समस्यामा हात अघि बढाउनु हो । परदेशको भुमिमा समस्याले ग्रसित एउटा नेपालीलाई सहयोग गर्ने हातहरु सामुदायिक केन्द्र बनाउन मात्रै लागे भने भोली बन्ने केन्द्रमा को आएर बस्छ र ? सामुदायिक केन्द्र बन्नुभन्दा अघि सामुदायिक सदसयहरु समस्याविहिन हुनु जरुरी छ, बे एरियामा होस् या से एरियामा ।

करिब ४५ लाख भारतीय रुपैंयाको उपचार खर्च जोहो गर्न सके भारतमा उपचार गरे मात्र बांच्ने बिकल्प रहेका एउटा नेपालीको सहयोगको लागि गोरखा अमेरिका सम्पर्क समितिको नामबाट गरिने सहयोगको ढोका अझैपनि खुल्ला नै छ । बे एरियामा अथवा अमेरिकाभर ठुला ठुला सामुदायिक नारा दिने सकृय संस्था र दिनरात समाजको लागि खटेको धमास दिने समाजसेवीहरूलाई पक्कैपनि नेपाली जनसम्पर्क समिति अमेरिका, वेष्ट टेक्सास च्याप्टरको यो पबित्र कार्य एउटा प्रेरणा, उदाहरण मात्रै होईन सवक पनि बन्नेछ । नजिर र चेतनाको ईतिहास त अवश्य बन्ने नै छ । भट्टराईको उपचार सहयोगका लागि सबै आ-आफ्नो ठाउँबाट सकृय हुनेछन् भन्ने आशा खुल्लामन्चले लिएको छ । एक छाक कटाउनुस्, मनकारी बन्नुस् । आज अमृतलाई परेको समस्या भोली अरुलाई पनि पर्दछ । कसैलाई सय कसैलाई शुन्य होईन, सबैलाई १० रुपैंया दिनुस्, भाषण होईन ।

सहयोगका लागि तलको लिन्कमा क्लिक गर्नुहोस :

अमृत भट्टराईलाई सबै मिलेर बचाऔं ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *