२०८१ वैशाख १५ गते | 27th of April 2024

त्रिभुवन बिमानस्थलमा ‘एनआरएन हेल्प डेस्क’ स्थापना

खुल्लामन्च
 प्रकाशित: २०७५ चैत १४ गते १३:४४

काठमाडौं – गैर आवासिय नेपाली संघ (एनआरएन) ले लामो समयदेखि उठाउँदै आएको त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा एनआरएन हेल्प डेस्क स्थापनाको माग परा भएको छ । एनआरएनको मागलाई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सम्बोधन गर्दै आजबाट बिमानस्थलमा हेल्प डेस्क स्थापना गरेको हो ।

एनआरएनले बिमानस्थलमा हेल्प डेस्क स्थापनाका लागि उपाध्यक्ष कुल आचार्यलाई जिम्मेवारी दिईएको थियो । आचार्यले पहलकदमी लिएपछि लामो समयदेखि मागका रुपमा रहेको बिषय पूरा भएको हो ।Image may contain: 4 people, including Kumar Panta, people smiling, indoor

‘हामीले लामो समयदेखि माग गरे अनुरुप आज नेपालको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा एनआरएन डेस्क स्थापना भएको छ,यो अत्यन्तै खुसीको कुरा हो,’ उपाध्यक्ष आचार्यले भन्नुभयो । उहाँका अनुसार गत जनवरी महिनामा बेलायतको अध्यागमन प्रणालीको अध्ययन भ्रमणमा गएको बेला अध्यागमन विभागका प्रमुख इश्वरराज पौडेल लगायतका अधिकृतहरुसंग गरिएको अन्तर्कृयामा यो विषय उठेको थियो।Image may contain: 8 people, including Kumar Panta and Badri К.C., suit

एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामी, महासचिव आरके त्रिपाठी लगाएतका अगुवाले अध्यागमन विभागका प्रमुखलाई लन्डनमा ज्ञापनपत्र नै बुझाउनु भएको थियो । त्यस्तै हालै अध्यक्ष भवन भट्टले गृहमन्त्री रामबहादुर थापालाई पत्र लेखी एनआरएन हेल्प डेस्क स्थापनाका लागि अनुरोध गर्नुभएको थियो ।

Image may contain: night

यी सबै काममा समन्वय आचार्यले नै गर्नुभएको थियो । उपाध्यक्ष आचार्यले हेल्प डेस्क स्थापनासँगै सवै एनआरएनकर्मीलाई बधाई र सरकारलाई धन्यवाद दिनुभएको छ ।

उपाध्यक्ष कुल आचार्यको प्रतिक्रिया :

खुसीको खबर साथीहरु, हामीले लामो समयदेखि माग गरे अनुरुप आज नेपालको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा एनआरएन डेस्क स्थापना भएको छ। गत जनवरी महिनामा बेलायतको अध्यागमन प्रणालीको अध्ययन भ्रमणमा आउनुभएका अध्यागमन विभागका प्रमुख श्री इश्वरराज पौडेल लगायतका अधिकृतहरुसंग गरिएको अन्तर्कृयामा यो विषय उठेको थियो। एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामी, महासचिव आरके त्रिपाठी लगाएतका साथीहरुले अध्यागमन विभागका प्रमुखलाई लन्डनमा ज्ञापनपत्र बुझाउनु भयो। त्यस्तै हालै अध्यक्ष भवन भट्टले माननीय गृह मन्त्रीज्यूलाई एक पत्र लेखि अनुरोध गर्नुभयो । यो सबै काममा मैले समन्वय गर्ने मौका पाएँ, निकै खुशी लागेको छ ।Image may contain: 6 people, including Badri К.C., people smiling, people standing and suit

यस् अवसरमा केन्द्रिय अध्यक्ष तथा आइसीसी का सबै पदाधिकारी साथिहरुको पहल तथा सहयोगको सम्मान गर्दै, एनआरएन यूकेका साथीहरु, अध्यागमन विभागका प्रमुख पौडेल लगाएत विभागका बिष्णुजी, कुलशेखरजी लगाएत एनआरएन डेस्क स्थापना गर्न सघाउनु हुने सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु। यसले गर्दा संसार भरि रहनु भएका सबै गैर आवासीय नेपाली मित्रहरुको नेपाल यात्रा सुखद र झन्झटमुक्त हुने मैले विश्वास लिएको छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *