२०८१ वैशाख २१ गते | 3rd of May 2024

जनगुनासो सम्बोधन गर्ने एनआरएनए बनाउने धोको छ : तिलक केसी

खुल्लामन्च
 प्रकाशित: २०७५ चैत १६ गते ८:४४

मिलावाकी – एक शिक्षित प्राधापक एनआरएन अमेरिकाको आसन्न निर्वाचनका लागि बोर्ड अफ डाईरेक्टर पदमा चुनाव लड्दैछन । विज्ञान बिषयमा एमएस्सी सकाएर सामाजिक चेतनाका लागि बिद्धार्थी राजनीति हुंदै मानवाधिकार र सामाजिक अस्तित्वका लागि लडेका मिलावाकी निवासी ब्यवसायी तिलक केसीले एनआरएन अमेरिकाको आसन्न निर्वाचनका लागि बोर्ड अफ डाईरेक्टर पदमा उम्मेद्वारी घोषणा गरेका छन ।

महिला बिकासका कार्यक्रम, लघु क्रेडिट योजना, सहकारी हुंदै Business Mathematics र Business Anthmatics नामक पुस्तकहरुका लेखक तथा साहित्यकार केसी हाल मिलावाकीमा परिवारका साथ ब्यापारमा सकृय छन ।
अस्थाई तथा करार प्राध्यापक संघका संस्थापक तथा त्रिभुवन बिश्वबिद्यालयमा आंशिक प्राध्यापक आन्दोलनका पनि संस्थापक संयोजक थिए भएर काम गरेका केसी राजनैतीक अस्थिरताका कारण अमेरिका आएको बताउंछन । २००२ मा अमेरिका आएर विस्कन्सन राज्यमा बिभिन्न ब्यापारमा हात हालेका केसी मिलावाकीमा नेपाली स्कुल संचालन समितीका संस्थापक तथा अध्यक्ष भएर सामाजिक कार्यमा निरन्तर सकृय छन ।

मेलवाकी नेपाली परिवार नामक संस्थाको स्थापना, ब्लड डोनर एसोसिएसन अमेरिका हुंदै हाल एसोसिएसन अफ नेप्लिज मध्य पश्चिम अमेरिका (ANMA) मा बरिष्ठ उपाध्यक्ष रहेका छन् । सम्पुर्ण नेपालीको साझा संस्थाका रुपमा एनआरएन अमेरिकालाई हेरिनु पर्ने वातावरण कार्यसमितीमा रहेकाहरुले नै सृजना गर्नुपर्ने मान्यतामा चुनावी मैदानमा उत्रदै छन् । यस अधिका कार्यकालमा रहेका जन गुनासोलाई ध्यानमा राखेर सबैको चाहना अनुरुपको एनआरएन बनाउने, नेपाली कला संस्कृतीको हस्तान्तरण नयाँ पुस्तामा गर्नुपर्ने उत्तरदायित्व सबैका हुनुपर्ने, अन्य राज्यमा रहेका नेपालीको सहयोगमा पनि एनआरएन अमेरिका सहयोगी बन्नुपर्ने धारणा सहित चुनावी मैदानमा उत्रदै छन् ।

गतहप्ता शिकागोका आयोजित कार्यक्रम मार्फत उपाध्यक्ष पदका उम्मेद्वार बाला घिमिरेसंगैं बोर्ड अफ डाईरेक्टर पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका केसी प्रखर वक्ता मानिन्छन ।

ब्यानर : युएसखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *