२०८२ फागुन १ गते | 13th of February 2026

ईन्द्रेणी साँस्कृतिक संघ र नेपाली समाज टेक्सासले नयाँ बर्षमा सांगीतिक कन्सर्ट गर्दै

खुल्लामन्च
 प्रकाशित: २०७५ चैत १६ गते १८:००

टेक्सास – ईन्द्रेणी साँस्कृतिक संघ र नेपाली समाज टेक्ससले नयाँ बर्षको अवसरमा सांगीतिक कन्सर्ट गर्ने भएको छ । अमेरिकामा रहेका नेपालीहरुको आपसी सद्भाव र आत्मियताको सन्देश स्वरुप चर्चित नेपाली कलाकारहरुका साथमा टेक्ससको हर्स ब्याक्युट हल ४१४ मा नेपाली नयाँ बर्ष बिषेह सांगीतिक कन्सर्ट हुने भएको हो ।

गत मार्च १६ का दिन होली बिषेश कार्यक्रमको आयोजना गरेको ईन्द्रेणी साँस्कृतिक संघ र नेपाली समाज टेक्ससले नयाँ बर्षमा आयोजना गर्न लागेको यो सांगीतिक प्रस्तुतीका लागि कन्र्सटमा पप गायक निमा रुम्बा, लोक तथा दोहोरी गायक भगवान भन्डारी, शिला आले, कमेडी गायक रतन सुवेदी तथा गायक अनिस ओकले सापकोटा लगायतको प्रस्तुती रहने इन्द्रेणी सांस्कृतिक संघका अध्यक्ष सुशिल क्षेत्रीले बताएका छन् ।

लागी १५ डलर प्रवेश शुल्क राखिएको यो कार्यक्रममा नेपाली समाजका आजीवन सदस्यका लागी भने निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । अमेरिकामा आयोजना हुने यस्ता नेपाली संस्कृतीसंग सम्बन्धीत कार्यक्रमले आपसी सद्भाव र भाईचारालाई कायम राख्दै आएको छ भने अमेरिकामा नै जन्मेका बालबालिकालाई आफ्नो रितीरिवाज, कला संगीत, भेषभुषाबारे पनि ज्ञान बाढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *