२०८१ कार्तिक २० गते | 5th of November 2024

एउटा एेतिहासिक मन्दिर निर्माणमा एकजुट, नेपाली समाज डालस

खुल्लामन्च
 प्रकाशित: २०७५ चैत १८ गते ३:०१

नेपालीहरुको बाक्लो आवादी रहेको टेक्ससको युलेशमा हुन लागेका मन्दिर निर्माणका लागि अमेरिकामा रहेका नेपाली अत्यन्त सक्रियताका साथ लागेका छन् । नेपाली संस्कार र संस्कृतीको प्रवद्धन र धार्मिक आस्था बोकेको नेपाली समुदायको सहजताका लागि निर्माण हुन लागेको यस मन्दिरको सयोगार्थ स्वइच्छाले रकम प्रदान गर्नेहरुको संख्या पनि बढिरहेको छ ।

डालसको युलेश हाइवे १० दक्षिणतर्फको करिव ८ एकड क्षेत्रफलमा ५० लाख अमेरिकी डलर लागतमा निर्माण हुन लागेको यस मन्दिरका लागि सहयोग गर्नेहरु मध्य धेरैले रकम हस्तान्तरण गरिसकेका छन् भने सहयोगको घोषणा गर्नेहरुको संख्या पनि बाक्लो रहेको छ ।
मन्दिर निर्माण बिषयक छलफल र बोर्डअफ ट्रस्टी सदस्यता बितरण र सम्मानका लागि शनिबार गोरखा रेस्टुरेण्टमा आयोजित कार्यक्रममा २५ जना नेपाली महिलाहरुलाई एकसाथ मानार्थ बोर्ड अफ ट्रस्टीको सदस्यता प्रदान गरिएको छ । यो सदस्यता १५ हजार डलर भन्दा माथि सहयोग गरेका महिलाहरुलाई प्रदान गरिएको हो ।

१ हजार डलर सहयोग गर्ने सहयोगीहरुलाई प्रदान गरिने मानार्थ बोर्ड अफ ट्रस्टीका लागि शनिवारको कार्यक्रममा आफ्नो रकम बढाएर संस्थापक मानार्थ सदस्यबाट अमृत कणेंल, केदार तिमिल्सिना, टिका पौडेल र देवि प्रसाद पाण्डेले मानार्थ बोर्ड अफ ट्रस्टी सदस्यता लिएका छन् भने सदस्यताका लागि शनिवार १४ जनाले आफ्नो प्रतिवद्धता ब्यक्त गरेका छन् । जसमा डा. अर्जुन बन्जाडे, डा. सन्देश रेग्मी, शैलेशराज रेग्मी, सुदिप बस्नेत, आमोद श्रेष्ठ, अच्युत थापा, बिकास राज न्यौपाने, हरी अधिकारी, भरत अर्याल, सुरज पौडेल, प्राथना पाण्डे, शान्ति कार्की, सन्तोष बिष्ट र सुमन थापा रहेका छन् ।

त्यस्तै सबैभन्दा बढि सहयोगको घोषणा संस्थापक सदस्य भिम कार्कीले गरेका छन् उनले आफ्नो ब्यक्तीगत २५ हजार डलर रकम दिने घोषणा गरेका हुन् । नेपाली प्राचिन सभ्यता सहित हिन्दु संस्कृती झल्कने गरी निर्माण हुन लागेको सुविधा सम्पन्न यस मन्दिरको शिलान्यास आउँदो दशैं देखी शिवरात्री सम्म गरिसक्ने बताइएको छ ।

30 thoughts on “एउटा एेतिहासिक मन्दिर निर्माणमा एकजुट, नेपाली समाज डालस

Leave a Reply

Your email address will not be published. Required fields are marked *