२०८१ वैशाख २५ गते | 7th of May 2024

एनआरएनए : पशुपति पान्डेद्वारा महासचिव पदमा उम्मेद्वारी

खुल्लामन्च
 प्रकाशित: २०७५ चैत १८ गते ६:१६

सियाटल – जन्मभूमिको भूगोल भन्दा बाहिर बसेका नेपालीहरूलाई नेपालको हित, विकास र सम्मुनतिमा जोड्ने आधिकारिक संस्था हो गैह्र आवासीय नेपाली सङ्घ (एनआरएनए) । विश्वका धेरै देशहरुमा एनआरएनएको नेशनल कोर्डिनेशन काउन्सिल (एनसीसी) रहेका छन् जसमध्ये सबै भन्दा ठुलो एनसीसी एनआरएनए अमेरिका हो ।

२०१९–२०२१ को नेतृत्व चयनका लागि हुन गइरहेको आसन्न निर्वाचनमा वासिङ्टन राज्यमा बसोबास गर्दै आएका पशुपति पाण्डेले एनआरएनए एनसीसी अमेरिकाको महासचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । 

पशुपति पाण्डे पेसाले इन्जिनियर हुन्  र उनी विगत २५ वर्ष देखि सामाजिक कार्यमा संलग्न छन् । “For Nepali By Nepali”  भन्ने नाराबाट प्रभावित भएका पाण्डे २०१० देखि एनआरएनए अभियानमा सहभागी हुँदै आएका हुन् । २०१५ पछि अनवरत रूपमा एनआरएनए अमेरिका र आइसीसीको अभियान सफल बनाउन टाक्स फोर्समा बसेर काम गरिरहेका छन् ।  एनआरएनए अमेरिकाको साइन्स टेक्नोलोजी तथा इनोभेशन समितिको संयोजक भएर पाण्डे अहिले अमेरिकाको भूमिमा नेपालीले आर्जन गरेको शिक्षा, सिप, दक्षता, अनुसन्धान र अनुभवलाई नेपाल र नेपालीसँग जोड्न प्रयासरत छन् ।
स्थानीयको सहभागितामा सामूहिक कार्ययोजना ल्याउन सकेमा प्रवासमा बस्ने आम नेपालीका समस्या सम्बोधन गर्न सहज हुने पाण्डेको विश्वास छ । सिपमा निपुर्ण, काममा परिपक्व, दक्षता र क्षमतामा विश्वास राख्ने, सहयोगी र समाजसेवीको रूपमा पहिचान बनाएका पाण्डेको महासचिवको उम्मेदवारीलाई धेरैले सही पदमा उपयुक्त व्यक्तिको संज्ञा दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *