भर्जिनिया – नेपाल अमेरिका पत्रकार संघ नेजाले बरिष्ठ पत्रकार जयदेव गौतमको सहयोगार्थ गोफन्डबाट संकलित ५ हजार २ सय ७९ डलर ७५ सेन्टको चेक हस्तन्तरण गरेको छ । नेजाले ५ सय १ डलरको गोफन्ड एकाउन्ट खोलेर शुरु गरेको अभियानमा सहयोगीहरुले दिएको रकमले उक्त सहयोग गरेको हो ।
संकलित रकम पत्रकार गौतमकै घरमा पुगेर नेजा डिसि मेट्रो क्षेत्रीय संयोजक लिलादेवी ओझाले सस्थापक अध्यक्ष गिरिश पोखरेल, कार्यसमितिका सदस्य निदेश अधिकारी, सदस्यहरु बाबुराम खरेल, लेखनाथ अधिकारी र सम्झना पोखरेल समक्ष पत्रकार गौतमलाई हस्तन्तरण गरेका थिए ।
बरिष्ठ पत्रकार जयदेव गौतम कान्तिपुर दैनिक लगायत विभिन्न सञ्चारमाध्यामहरुमा लामो समय पत्रकारिता गरेका थिए । भर्जिनियास्थित मनसास शहरमा श्रीमति र एक छोराका साथ बस्दै आएका पत्रकार गौतम विगत ८ महिनादेखि कम्मरमुन्तिरको भाग नचल्ने अवस्थामा उपाचार गरिरहनु भएको छ । नेजाले स्थापनाकालदेखिन समास्यामा परेका नेपाली पत्रकारहरुलाई बेला बेलामा आर्थिक सहयोग गदै आइरहेका छन ।