शिकागो – एनआरएन अमेरिकाको निर्वाचनमा मिड वेष्ट क्षेत्रबाट उपाध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका बाला घिमिरे बलियो प्रत्याशीको रुपमा देखिएका छन । सामाजिक सेवाको निरन्तरता, शालिनता, मिठो बोलीका धनी, नाई भन्न नजानेका घिमिरे सामाजिक सकृयताले अमेरिकाभर चिनिन्छन ।
अर्घाखांची जिल्लाको खाना गाविसमा ४८ बर्ष पहिले एउटा साधारण परिवारमा जन्मिएका घिमिरेले सिद्धार्थ माध्यामिक बिद्यालय हंसपुरबाट स्कुले जीवन समापन गरे । घरबाट दैनिक २ घण्टा झरी र टन्टलापुर घाम नभनी खाली खुट्टा जीवनमा सफल बन्ने उकाली -ओरालीको गोरेटो हिड्दै गरे, घिमिरे निरन्तर ।
दुई दशक पहिले सपना बोकेर अमेरिका छिरेका घिमिरे साधारण काम गर्दै ब्यवसायी बन्ने सपना उन्न थाले । संसारकै एक बिशाल शहर शिकागोलाई कर्म क्षेत्र बनाएर सामाजिक सम्बन्ध र मिहेनतलाई निरन्तरता दिन थाले । पसिनाले कमाएको संकलित धनबाट रेस्टुरेन्ट ब्यवसायमा हात हालेका घिमिरेका अहिले शिकागोमा तीन रेस्टुरेन्ट छन ।
ब्यवसाय, सम्बन्ध र सेवालाई मन्त्र मान्दै ब्यवसायमा निरन्तर धन र मन कमाउन लागेका घिमिरेले आजसम्म समस्यामा परेर उनको नजिक पुगेका नेपालीलाई कहिल्यै खाली हात फर्काउने गरेका छैनन । दु:खमा सिकेको सत्कर्म र मेहनतको पाठले कमाएर ठुलो बन्न नजानेका घिमिरेका यस्तै सामाजिक सेवाभाव र सकृयता अनि शिकागोका नगर, राज्य र तिनका प्रतिनिधीहरुसंग सम्बन्ध स्थापित गर्न सफल भएका छन । 
शिकागोका मेयरका एड्भाईजरी काउन्सिल बोर्ड सदस्य तथा ईलिनोईज राज्यका सेक्रटेरी अफ स्टेटका बोर्ड सदस्यका रुपमा लामो समयदेखी सकृय घिमिरे बिभिन्न सामाजिक काममा महत्वपूर्ण योगदान पुर्याएवापत २०१३ मा तत्कालिन अमेरिकी राष्टपति बाराक ओवामाको हस्ताक्षर रहेको राष्टिय स्तरको अवार्ड, अमेरिकन एड्भाईजरी काउन्सिलको कम्युनिटी सर्भिस अवार्ड, एसियन कोर्निकल अमेरिकाबाट एसियन एक्जाम्पलरी सर्भिस अर्वाड लगायतका महत्वपूर्ण अवार्डबाट सम्मानित भएका छन ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा सकृय भएर बिद्धार्थी जीवनमा राजननैतीक चेतना आर्जन गरेका राजनिती शास्त्रमा स्नातक सम्मको अध्ययन पुरा गरेका छन । नेपाल रहँदा पर्यटन ब्यवसायमा लागेका घिमिरे हाल शिकागोका लागि पर्यटनदूत हुन् । प्रवासी नेपाली मञ्चका पूर्व बरिष्ठ उपाध्यक्ष, एसोसियसन अफ नेपलिज मिडवेष्ट अमेरिकाको निर्वतमान अध्यक्ष, नेपलिज एसोसिएसन ईन साउथईष्ट अमेरिका लगायतमा बिभिन्न टाक्स फोर्समा रहेर काम गरेका घिमिरे बिभिन्न अमेरिकी सघ संस्थाका सल्लाहकार पनि हुन्, घिमिरे ।
अमेरिकाका तीनवटा संस्थाको संयुक्त सम्मेलन भब्य रुपमा सम्पन्न गरेर समुदाय र सामाजिक संस्थाहरुलाई एकताको सन्देश दिन सफल घिमिरे शिकागो शहरको मानव सम्बन्ध सम्बन्धी क्षेत्रमा लामो समय काम गरेको अनुभव पनि संगालेका छन । एनआरएनप्रति अमेरिकामा रहेका नेपालीहरुको गुनासो र वितृष्णालाई हटाउन पारदर्शी र संस्थाप्रति अपनत्वको महशुस गराउने बातावरणको सृजना गर्न परिवर्तनका प्रतिवद्धताहरु लिएर चुनाबमा होमिएको बताउंछन । नेपाल सरकारसंग सोझो सम्पर्क राख्न सक्ने हैसियतका एक उम्मेद्वार घिमिरेको उम्मेद्वारीलाई चासोको रुपमा हेरिएको छ ।
श्रीपशुपतिनाथ फाउन्डेशन, लस एन्जलसलाई एक हजार डलर :
लस एन्जलसमा स्थापित नेपाली मन्दिर तथा सामुदायिक केन्द्रका लागि घिमिरेले एक हजार डलर सहयोग प्रदान गराएका छन । ‘मन्दिर तथा सामुदायिक केन्द्र निर्माण नेपाली समुदायको परिचय हो । साना साना सहयोगले अमेरिकाका राज्य राज्यमा नेपाली मन्दिर, सामुदायिक भवन र नेपाली भाषाका कक्षाहरु संचालन गर्न सबै लाग्नुपर्दछ,’ एक हजार डलरको चेक प्रदान गाराउंदै घिमिरेले बताए । घिमिरेले आफु एनआरएनको निर्वाचन जिते या हारेपनि यो अभियानमा निरन्तर लागिरहने बताए । 