२०८१ वैशाख २० गते | 2nd of May 2024

अप्रिल २१ तारिख आईतवार, नेजा-एनआरएन बहस लस एन्जलसमा

खुल्लामन्च
 प्रकाशित: २०७५ चैत २८ गते ५:३१

लस एन्जलस – नेपाल अमेरिका पत्रकार संघ (नेजा) र आसन्न निर्वाचनमा होमिएको प्रवासी अमेरिकी नेपाली छाता संगठन एनआरएन अमेरिकासंगको सार्वजानिक बहस कार्यक्रम ‘नेजा-एनआरएन बहस-२०१९’ को दोस्रो कार्यक्रम संस्करण लस एन्जलसमा हुंदैछ । यही अप्रिल महिनाको २१ तारिख, आईतवार क्यालिफोर्निया राज्यको मायावी शहर लस एन्जलसमा आयोजना हुने नेजा-एनआरएन बहस कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ ।

उत्तर अमेरिकामा सकृय नेपाली पत्रकारहरुको साझा संगठन अमेरिका पत्रकार संघको समुदायसंग जोडीने एउटा प्रयासस्वरुप प्रवासी नेपालीहरुको छाता संगठन एनआरएन, यसको बहुप्रतिक्षित निर्वाचन, उम्मेद्वारहरुको योजना, नेजा र एनआरएन अमेरिकासंगको सम्बन्ध र अव कस्तो एनआरएनए भन्ने बिषयमा यी कार्यक्रमहरुमा बहस हुनेछ ।

लस एन्जलसमा श्रीपशुपतिनाथ बुद्ध मन्दिर, नर्वाकको सभा सामुदायिक हलमा नेजा-एनआरएनए बहस कार्यक्रम आयोजना हुनेछ ।

नेजा – एनआरएन बहस कार्यक्रम – २०१९ का स्थानहरु :

नेजा केन्द्रिय समितिको बैठकद्दारा निर्णित बहस कार्यक्रमको पहिलो संस्करण आगामी सप्ताहन्त अथवा अप्रिल १४ तारिख भर्जिनियामा स्मपन्न हुन गैरहेको छ भने दोस्रो कार्यक्रम लस एन्जलसमा अप्रिल २१ तारिख सम्पन्न हुन गैरहेको छ । नेजाको आगामी साधारण सभास्थल डालसमा बहसको तेस्रो कार्यक्रम हुनेछ भने मे ११ मा बहसको अन्तिम कार्यक्रम न्यूयोर्कमा आयोजना हुनेछ ।

को को उम्मेद्वारहरु बहस कार्यक्रममा बोल्ने ?

कार्यक्रममा अध्यक्षका उम्मेद्वारहरुसंग मात्र बहस कार्यक्रम हुने भनिने समाचार गलत हो । अमेरिकाका बिभिन्न राज्यबाट नेजा-एनआरएन बहस कार्यक्रममा भाग लिन जानुहुने सम्पूर्ण उम्मेद्वारहरु साथै स्थानिय उम्मेद्वारहरुलाई पनि बकाईदा मन्च र माईक प्रदान गराईनेछ । तर समयको निश्चितता भने हुनेछ अथवा कार्यक्रममा उम्मेद्वारहरुलाई निश्चित समय प्रदान गरिनेछ तर बोल्न सबैले पाउनुहुनेछ ।

लस एन्जलस बहस कार्यक्रम जानकारी :
मिती : अप्रिल २१,  २०१९, आईतवार
स्थान :  10843 Kenney St, Norwalk, CA 90650
समय : 6:30PM – 9:30 PM
संपर्क :
सुदिप पन्त : 562 – 595 – 2768
गोकुल ढकाल : 626 – 927 – 7414
अग्नी चौलागाई : 702 – 978 – 1123
प्रतिमा बांस्कोटा : 646 – 250 – 3702

लस एन्जलस कार्यक्रमका लागि बिमानास्थल : LAX Int’l Airport

Leave a Reply

Your email address will not be published. Required fields are marked *