२०८३ वैशाख १८ गते | 1st of May 2026

२०७६ को दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान डिक्रा वादीलाई प्रदान गरिने

खुल्लामन्च
 प्रकाशित: २०७६ वैशाख १ गते १०:५५

काठमान्डौं – नेपाल स्रष्टा समाजले वर्ष २०७६ का लागि दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान सुदूर पश्चिम बाजुरामा जन्म भई हाल कञ्चनपुरमा बसोबास गर्ने देउडा गीतकी प्रसिद्ध गायिका, संस्कृतिकर्मी तथा नेपालका बादीसमुदायलाई सामाजिक रूपान्तरणका लागि समेत एक अभियन्ताको कार्य गर्ने श्री डिक्रा बादीलाई प्रदान गर्ने भएको छ । यसका लागि समाजको गत चैत्र ८ गते बसेको बैठकले प्रसिद्ध महिला अधिकारकर्मी तथा लेखक श्री दुर्गा घिमिरेको संयोजकत्वमा वरिष्ठ पत्रकार श्री राजेश खनाल तथा श्री पुष्पा खनालसहितको एक सिफारिस समिति गठन गरेको थियो । सम्मानका लागि यही चैत्र २५ सम्ममा प्राप्त एक दर्जनौँ नामहरूमा समितिले छानबिन गरी श्री डिक्रा बादीको नाम सिफारिस गरेको हो ।

डिक्रा वादी

एक सम्मान पत्र र रू एघारहजार एकसय एघारको राशिसहितको यो सम्मान दमन्ता खनालको जन्मजयन्तीका अवसरमा २०७६ वैशाख ९ गते नेपाल प्रज्ञा प्रतिष्ठानका सभाकक्षमा आयोजित एक विशेष कार्यक्रममा प्रदान गरिने छ । यो सम्मान गत वर्ष २०७५ का लागि श्री सिर्जना शर्मालाई प्रदान गरिएको थियो । यस सम्मानका लागि नाम सुझाउनु हुने तथा स्वयं अनुरोध पठाउने व्यक्ति तथा विभिन्न संस्थाहरूलाई हार्दिक आभार ब्यक्त गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *