२०८२ चैत ५ गते | 19th of March 2026

नेपालमा हावा हुरीबाट पिडितलाई तामाङ समाज अमेरिकाबाट एक लाख सहयोग

खुल्लामन्च
 प्रकाशित: २०७६ वैशाख १ गते ११:०५

न्यूयोर्क –  २०७५ साल चैत्र १७ गते तराईमा आएको हावा हुरीबाट पिडित बारा जिल्ला अन्तर्गत निजगढ नगरपालिकाका गाउँलेहरुलाई तामाङ समाज अमेरिकाले निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनाल मार्फत एक लाख रुपैया बराबरको राहत सामग्री वितरण गरेको छ । तामाङ समाज अमेरिकाका बोर्ड अफ डिरेक्टरद्वय रोज बहादुर घिसिङ र तुल बहादुर तामाङको संयोजकत्वमा हावा हुरी पिडितलाई सहयोग गर्न समाजका सदस्यहरुबाट एक लाख रुपैया संकलन गरिएको थियो ।  

तामाङ समाज अमेरिकाले स्वदेशमा आइपरेको प्राकृतिक प्रकोपको बेला पिडितलाई सकेको सहयोग गर्दै आएको समाजका अध्यक्ष सानु माया तामाङले बताइन् । हुरीबाट पिडित गाउँलेहरुलाई सहयोग गर्न पाउँदा आत्मासन्तुष्ट भएको अध्यक्ष तामाङले बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *