२०८२ जेठ १ गते | 14th of May 2025

लवक नेपाली समाजमा नयॉ कमिटी चयन

खुल्लामन्च
 प्रकाशित: २०७६ वैशाख ३ गते २२:३१

लवक / टेक्सास – लवक नेपाली समाजमा डा प्रकाश श्रेष्ठको नेतृत्वमा नयॉ कमिटी गठन भएको छ । सर्वसम्मतरूपमा गठित उक्त कमिटीको उपाध्यक्षमा हरि बन्जारा र महासचिवमा शिव मूल रहेका छन् । त्यसैगरि कोषाध्यक्षमा डा संजिव सिलवाल र सदस्यहरूमा डा प्रकृति विष्ट, दुर्गा घर्ति, सुदन सुवेदी रहेका छन् । गत मार्च २३ मा सम्पन्न बार्षिक साधारण सभामा घोषणा गरिएको नयॉ कार्यसमितिले यहि अप्रिल १४ तारिख अर्थात हिजो आईतबार आयोजित एक समारोहकाबीच सपथ ग्रहण गरेको थियो । निवर्तमान सुरेन्द्र गौतमको नेतृत्वको कार्यकाल सकिएसँगै २०१९-२०२१ का लागी नयॉ कमिटी चयन भएको छ ।

समाजमा रहेका जेष्ठ नागरिकहरू महेश्वर/सुमाना सापकोटा, जानराज /ईन्दिरा शुवेदी र गंगादेवी श्रेष्ठले संयुक्तरूपमा उद्घाटन गरेको कार्यक्रममा वोल्दै निवर्तमान अध्यक्ष गौतमले नवनिर्वाचित कमिटीलाई बधाई तथा शुभकामना व्यक्त गरे । नयॉ बर्षसँगै नयॉ कार्यसमितिको कार्यकाल शुरू भएको निर्वाचन कमिटीका अध्यक्ष रेशम घर्तिले औपचारिक जानकारी दिए ।

समाजका नवनिर्वाचित अध्यक्ष डा श्रेष्ठले संस्थालाई अमेरिकी नेपाली समुदायमाझ उदाहरणीय वनाउने प्रतिवद्धता जनाए, “यदि सवैको साथ पाए नेपालीहरूले गौरव गर्ने संस्था वनाउने छु ।” घर्तिको नेतृत्वमा प्रो डा मेघनाथ पराजुली, माधव पाण्डे, रन्जना ओडेल र भोला आचार्यको कमिटीले निर्वाचन सम्पन्न गरेको थियो । त्यसैगरि प्रो डा पराजुलीको नेतृत्वमा रहेको विधान कमिटीले तयार गरेको नयॉ विधान कार्यान्वयनमा आएको छ ।

नयॉ बर्षको अवसरमा नयॉ कमिटीको स्वागत गर्ने क्रममा साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो । एकआपसमा शुभकामना आदान प्रदान गर्ने एवं नेपाली कला, भाषा, सॉस्कृतिको संरक्षण एवं प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न सांगीतिक प्रस्तुतीहरू प्रस्तुत गरिएको थियो ।

सॉस्कृतिक कार्यक्रमको संयोजन प्रविन सापकोटा र टेरेसा गौतम सापकोटाले गरेका थिए । विदेशी पाहुनाहरूको समेत सहभागी रहेको उक्त कार्यक्रममा वेस्ट टेक्सासका विभिन्न शहरहरूबाट नेपालीहरूले सहभागिता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *